• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रविधि

नियुक्ति विनै तलव खाँदै शिक्षा शाखा प्रमुख यादवको भान्जी 

नियुक्ति विनै तलव खाँदै शिक्षा शाखा प्रमुख यादवको भान्जी 
रामनाथ यादव
राजविराज, ३१ असार ।
राजविराज नगरपालिकाका शिक्षा शाखा प्रमुख भोगेन्द्र प्रसाद यादवको भान्जी आदिती कुमारी यादवले नियुक्ति विनै एक विद्यालयबाट तलव खाने गरेको खुलासा भएको छ ।
 राजविराज नगरपालिका १ चनौरामा अवस्थित   मदरसा आशिनियाँ दारुल उलुममा नियुक्ति विनै आदितीले तलव खाने गरेको खुलासा भएको हो ।
अनुदान शिक्षक आदितीले राजविराज नगरपालिकाका  शिक्षा शाखा प्रमुख मामा भोगेन्द्र प्रसाद यादवको मौखिक आदेशमा तलव खादै आएको मदरसाका अध्यक्ष आशिन मियाँले बताए । नियुक्ति विना तलब कसरी खुवाउने, उनने भने, बेरुजु ठहरिन्छ भन्दा शिक्षा शाखा प्रमुख यादवको आग्रहमा उनलाई हाजिर गराईएको छ ।
 अनुदान शिक्षक आदितीले नियुक्ति विनै पहुँचको बलमा १ पटक तलव खाएको बताउदै उनले नियुक्ति पत्र नभएकोले हाजिरी रोकिएको बताए । नियुक्ति पत्र नल्याएसम्म शिक्षक यादवलाई हाजिरी हुन नदिने अध्यक्ष मियाँले बताए ।
२०६६ सालमा स्थापना भई २०६७ सालमा जिल्ला शिक्षा कार्यालय सप्तरीबाट अनुमति प्राप्त कक्षा ५ सम्म संचालनमा रहेको मदरसालाई नगरपालिकाबाट बार्षिक २ लाख ४१ हजार अनुदान दिदै आएको प्रधानाध्यापक रुविना वेगमले बताईन ।
उक्त रकमबाट दुइजना अनुदान शिक्षकलाई तलव दिदै आएको उनले बताइन् । सोही रकामबाट विद्यालय व्यवस्थापन समितीका अध्यक्षले बार्षिक ४१ हजार लिने गरेको मदरसा प्रशासनले जनाएको छ ।
उर्दु, अरवी, हिन्दी , दिनियात भाषामा पढाई हुने मदरसामा ६९ जना छात्रछात्रा अध्यानरत रहेको  मदरसामा ५ जना शिक्षक १ जना कार्यालय सहयोगी गरि ६ जना शिक्षक कर्मचारी कार्यरत रहेको अध्यक्ष मियाँले बताए ।
यस सम्बन्धमा शिक्षा शाखा प्रमुख यादवसंग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन । शिक्षा शाखाका भगवती विकसंग टेलिफोन सम्पर्क गर्दा आफू बाहिरा रहेकोले केही समयपछि कुरा गर्ने भन्दै पन्छिन खोजे ।