• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

भैंसी मरेको विरोधमा पुर्वपश्चिम राजमार्ग दुई घण्टा अवरुद्ध

भैंसी मरेको विरोधमा पुर्वपश्चिम राजमार्ग दुई घण्टा अवरुद्ध
न्यूज टुडे
राजविराज, २९ असार ।
पुर्व-पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको  हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ भारदहमा शुक्रबार  दुई घण्टा चक्काजाम गरिएको छ ।
विधुत प्राधिकरणको लापरबाहीले करेन्ट लागेर भैंसी मरेको बिरोधमा क्षतिपुर्तीको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेको हो ।
 दिउँसो विद्युत पोलमा छुन पुग्दा वडा नम्बर ३ पोर्ताहा निवासी भरत शर्माले पालेको भैंसी करेन्ट लागेर मरेका थिए ।  विद्युतको जम्फर तार पोलमा टाँसिएपछि भैंसीलाई करेन्ट लागेर  घट्नास्थलमै मरेको स्थानीयले जनाएको छ ।
भैंसी मरेपछि मुचुल्का उठाउनुपर्ने र क्षतिपूर्ती उपलब्ध गराउनुपर्ने भन्दै भैंसीधनी र स्थानीय मिलेर पूर्व पश्चिम राजमार्गस्थित भारदह सडक खण्डमा साँझ ५ बजेदेखि चक्काजाम गरेका थिए ।
क्षतिपूर्ती दिलाउने सहमतिपछि चक्काजाम खोलिएको स्थानीयले जनाएको छ