• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

एमाले नेताहरु चढेको खानेपानी आयोजनाको कार दुर्घटना

एमाले नेताहरु चढेको खानेपानी आयोजनाको कार दुर्घटना

न्यूज टुडे

राजविराज, २९ असार ।

जण्डोल- बनौली सडकखण्ड अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका गाउँपालिका ४ छ्पकीमा शुक्रबार एमाले नेताहरू चढेको कार दुर्घटना भएको छ ।
कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना कंचनपुर सप्तरीको बा-प्र ०१-०२७ च ४६४७ नम्बरको कार दुर्घटना हुँदा एमाले जिल्ला स्तरीय नेताहरु घाईते भएको हो ।
दुर्घटना भएको कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना कंचनपुर सप्तरीको कार । फोटो: न्यूज टुडे
कंचनपुरबाट राजविराजतर्फ जाँदै गरेको कार दिउँसो साढे १ बजे आफै अनियंत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा एमाले जिल्ला समिती सदस्य बच्चुलाला चौधरी, भुवन केसि, हरिहर बस्नेत, किरण पन्थी, सुनिता कटुवाल घाईते भएको नेकपा एमाले जिल्ला सदस्य एवम अग्नीसाईर कृष्णासवरन गाउँपालिका इन्चार्ज योगेन्द्र प्रसाद चौधरी जानकारी दिए ।
राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा उपचार गराउदै घाईते एमाले नेताहरु । फोटो: न्यूज टुडे
घाईतेहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा उनीहरुको अबस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरु एमाले जिल्ला कमिटी सप्तरीको पुर्ण बैठकमा सहभागी हुन राजविराज जाँदै थिए ।