• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

एकीकृत समाजवादीद्वारा छिन्नामस्ता गाउँपालिकालाई १५ दिने चेतावनी

एकीकृत समाजवादीद्वारा छिन्नामस्ता गाउँपालिकालाई १५ दिने चेतावनी
 न्यूज टुडे
राजविराज, २६ असार ।
नेकपा एकीकृत समाजवादी पार्टी छिन्नमस्ता गाउँपालिकले पार्टीद्वारा गाउँपालिकालाई बुझाएको २१ बुंदे माग १५ दिनभित्र  पूरा गर्न आग्रह गरेको छ । पार्टीद्वारा मंगलबार एक प्रेस विज्ञाप्ति जारी गर्दै पार्टीले उठाएको माग पूरा गर्न आग्रह गरेको हो ।
गाउँपालिका अध्यक्ष सत्यदेव मण्डल र छिन्नामस्ता गाउँपालिकाका अध्यक्षका प्रत्यासी उम्मेदवार जय प्रकाश यादवद्वारा हस्ताक्षरित विज्ञाप्तिमा पार्टीले उठाएको २१ बुंदे मागहरु पन्ध्रदिन भित्र पूरा गर्न जोडदार माग गरेको छ । तोकिएको समयमा माग पूरा नगरे सशक्त आन्दोलन गर्ने चेतावनी जारी विज्ञाप्तिमा दिईएको छ ।
पार्टीले असार २१ गते विभिन्न २१ बुंदे मागहरु राखी शान्तिपूर्ण रुपमा मर्यादित भई ज्ञापनपत्र पेश गरेको थियौ, विज्ञाप्तिमा भनिएको छ, तर गाउँपालिका कार्यालयले हाम्रा माग पूरा गर्न अग्रसरता नदेखाई भुडभेड गर्न गराउन खोजेको हाम्रो ठहर छ, असार मशान्तमा जनताको कामलाई मध्यनजर गरि कुनै दबाबमुलक कार्यक्रम गरेका छैनौं,त्यसलाई हाम्रो विवशता एवम लाचरीपन नसम्झिन हुन हार्दिक अनुरोध गर्दछौं ।
विज्ञाप्तिमा आम जनतालाई बोधहुने गरि लक्ष्य एवम् उदेश्य लिइ दृढ संकल्प गरि नमुना पालिका बनाउन तयार परेको समयमा साथ र सहयोग गर्ने उल्लेख गरिएको छ । हाम्रो पार्टीले उठाएको माग तोकिएको समयमा पूरा नगरे जतिसुकै कदम उठाउने जारी विज्ञाप्तिमा भनिएको छ । हाम्रो पार्टीले उठाएको २१ बुंदे मागहरु १५ दिन भित्र पूरा गर्न जोडदार माँग गर्दछौं, जारी प्रेस विज्ञाप्तिमा भनिएको छ, र हाम्रो मागहरु तोकिएको समयमा त्यस कार्यालयले पूरा नगरे नगराए हामी जस्तासुकै कदम उठाउन बाध्य हुनेछौं र त्यसको सम्पुर्ण जिम्मेवारी छिन्नामस्ता गाउँपालिकाले लिनुपर्ने छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले गाउँपालिकाको बेतिथि, अराजकता, अनियमितता र भ्रष्टाचार, जनताको काममा हुने ढिलासुस्तीसहितका विभिन्न माग राखी २१ बुंदे ज्ञापनपत्र बुझाएको विज्ञाप्तिमा जनाएको छ ।