• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

ट्रकको ठक्करबाट  घाईते १२ बर्षिय बालक मियाँको मृत्यु

ट्रकको ठक्करबाट  घाईते १२ बर्षिय बालक मियाँको मृत्यु
न्यूज टुडे
राजविराज, २६ असार ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित रुपनी बजारमा मंगलबार ट्रकको ठक्करबाट  घाईते १२ बर्षिय बालकको मृत्यु भएको छ । स्थानीय मो. आजिम जानको १२ बर्षिय छोरा मो. अर्मान्द मियाँको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।
आधारभुत विद्यालय खोक्सर प्रबाहमा अध्यनरत मियाँलाई विद्यालय जाने क्रममा विहान ६ : २० बजे ट्रकले ठक्कर दिएको थियो । उनको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धारानमा उपचारको क्रममा विहान ९ : ३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कको ठक्करबाट गम्भीर घाईते बालकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्वार गरि उपचारका लागि अस्पताल पठाएको थियो । घाईते बालकको उपचारको क्रममा धारानमा मृत्यु भएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले जानकारी दिए ।
ठक्कर दिने  ट्र्क र चालकलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अगाडि बढाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको उनले जानकारी दिए  ।
दुर्घटना पछि स्थानीयले आधाघण्टा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिई भागेको ट्रक प्रहरीको नियन्त्रणमा आएको जानकारी प्रहरीले दिएपछि अवरुद्ध सडक खुलेको थियो ।