न्यूज टुडे
राजविराज, २६ असार ।
सप्तरीको रुपनी गाउँपालिका १ रुपनी बजारमा मंगलबार ट्रकको ठक्करबाट १२ बर्षिय एक स्कुले बालक गम्भीर घाइते भएका छ्न ।
दुर्घटनामा स्थानीय मो. आजिम जानको १२ बर्षिय छोरा मो. अर्मान्द मियाँ घाईते भएको हो ।
आधारभुत विद्यालय खोक्सर प्रबाहमा अध्यनरत मियाँलाई विद्यालय जाने क्रममा विहान ६ : २० बजे ट्रकले ठक्कर दिएको स्थानीयले जनाएको छ ।
पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क १०८४ नम्बरको ट्र्कको ठक्करबाट गम्भीर घाईते बालकलाई स्थानीयबासीको सहयोगमा प्रहरीले उद्वार गरि उपचारका लागि अस्पताल पठाएको जनाएको छ । घाईते बालकलाई उपचारका लागि धारान पठाएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्र्क र चालकलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
दुर्घटना पछि स्थानीयले आधाघण्टा पुर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिई भागेको ट्रक प्रहरीको नियन्त्रणमा आएको जानकारी प्रहरीले दिएपछि अवरुद्ध सडक खुलेको थियो ।