राजकुमार साह
कञ्चनपुर ,२५ असार ।
सप्तरीको कञ्चनरुप नगरपालिकामा निर्माण भएको २४ घण्टा नपुग्दै एक चौतारा भत्किएको छ । वडा नम्बर -२स्थित पुरनी पोखरिको पिपल बोटमा निर्माण गरेको चौतारा सोमबार बिहान भत्किएको हो ।
चालु आर्थिक वर्षको विकास योजनाहरु असार मसान्तको अन्तिम समयमा जसरी पनि योजना सम्पन्न गर्ने नीतिका कारण हतार -हतारमा निर्माण गरेको चौतारा २४ घण्टा नबित्दै भत्किएका छ्न ।
कमसल निर्माण सामाग्री प्रयोग गरि कमाउने धन्दामा जनप्रतिनिधि , कर्मचारी र उपभोक्ता समिति लागेका कारण चौतारा भत्किएको स्थानीयले बताएका छ्न । चौतारामा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरि टालटुले काम गरि बजेट सक्ने नियतका कारण चौतारा भत्किएको स्थानीयहरुको आरोप छ ।
पालिकाको नगर विकास योजना अन्तर्गतको २ लाख बराबरको लगानीमा आईतवार चौतारा निर्माण गरेको स्थानीयले जनाएको छ । चौतारा निर्माण उपभोक्त समितिका अध्यक्ष जागो यादवले पालिकाले अन्तिम समयमा काम दिएको कारण हतार -हतारमा निर्माण कार्य गर्नुपर्दा गुणस्तरमा कमि हुँदा चौतारा भत्किएको स्वीकार गरे । उनले राती बर्षा भएको कारण चौतारा भत्केको बताए । यादवले भत्किएको चौताराको पुर्ननिर्माण गरि राम्रो बनाउने बताए ।

प्रमुख प्रशासकीय अधिकृत पुर्शोतम घिमिरेसंग पटक – पटक बुझ्ने प्रयास गर्दा सम्पर्क आउन चाहेन । उक्त चौतारा आइतबार साँझ ढलान गरिएको थियो ।
