न्यूज टुडे
राजविराज, २४ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित रहेको आधारभुत विद्यालय जाने बाटोमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेको स्थानीय आरोप लगाएका छ्न । बाटोमा गुणस्तरहीन ग्राईभेल तथा माटो प्रयोग गरि निर्माण कार्य अगाडि बढाउनसाथ स्थानीयले विरोध जनाएपछि उक्त कुरा बहिरिएका हुन ।
स्थानीय अमोद यादवले ग्राईभेलमा माटोको अंश धेरै भएकोले गुणस्तरीय निर्माण सामाग्री प्रयोग गर्न आग्रह गर्दा सुनुवाइ नभएको बताए । माटो तथा ग्राईभेलको काम भईरहेको छ, गुणस्तरहीन ग्राईभेलको प्रयोग गरेका छ्न, उनले भने, कसले र काँहबाट काम हुदैछ, कुनै संकेतिक साईनबोर्ड राखिएको छैन । बजेट कति हो ? जानकारी गराएको छैन । उनले वडा अध्यक्ष सुरेन्द्र मण्डलसंग योजना बारे बुझ्न खोक्दा चासो नदिएको आरोप लगाए ।

वडा अध्यक्ष मण्डलले वडाको विभिन्न मर्मत सम्भार योजनाबाट बाटो निर्माणका कार्य भईरहेको बताए । उनले आबश्यकताको आधारमा माटो तथा ग्राईभेल बाटोमा लगाएको बताए । बाटो मर्मत गर्ने कार्य वडा भरी नै हुन्छ, उनले भने, जाँहा जति आबश्यक हुन्छ त्यही अनुपातको सामाग्री प्रयोग हुन्छ । वडा अध्यक्ष मण्डलले वडामा भएको सबै कार्यहरु पारदर्शी रुपमा गरि गुणस्तरीय कार्य भएको दावी गरे ।