न्यूज टुडे
राजविराज, २४ असार ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाद्वारा एसईई परिक्षामा उत्कृष्ट छात्रछात्रालाई सम्मान गरेको छ । नगरप्रमुख विरेन्द्र माझीको अध्यक्षतामा आइतबार आयोजित एक समारोहका विच एसईई परिक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई सम्मान गरेको हो ।
नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा इष्टर्न ज्योति सेकेडरी स्कुलका छात्र सुनिल कुमार मण्डलसहित अन्य सामुदायिक विद्यालयका अबिषेक साह,अंकित मिश्रालगायतकालाई सम्मान गरिएको थियो ।
मण्डलले ३. ८५ जिपिए ल्याएर एसईई उतिर्ण गरेका थिए । उनीहरुलाई ल्याक्टप, शैक्षिक सामाग्री र सम्मान पत्रद्वारा नगरप्रमुख माझीले सम्मान स्वरुप हस्तान्तरण गरे ।

कार्यक्रममा उपप्रमुख सरिता सिलपलिया, प्रमुख प्रशासकीय अधिकृत हरिमोहन शर्मा, शिक्षा शाखा प्रमुख हरि नारायण साह, इष्टर्न ज्वोती सेकेण्डरी स्कुलका संस्थापक थानेश्वर प्रसाद साह लगायतका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।