• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

वडा अध्यक्षको प्रत्यासी उम्मेदवार जयसवालमाथि हातपात

वडा अध्यक्षको प्रत्यासी उम्मेदवार जयसवालमाथि हातपात
न्यूज टुडे
राजविराज, २४ असार ।
सप्तरीको रुपनी गाउँपालिका १ का वडा अध्यक्षको प्रत्यासी उम्मेदवार राजु जयसवालमाथि आइतबार हातपात भएको छ । पुर्व वडा अध्यक्ष पितम्बर यादव, गाउँपालिका अध्यक्षका सवारी चालक राम यादवले गाउँपालिका कार्यालय अगाडि जयसवाललाई कुटपिट गरेको हो ।
कुटपिटबाट जयसवालको पिठ्युँमा चोट लागेको छ । गाउँपालिकामा सेवा लिनको लागि पुगेको बेला गाउँपालिका अध्यक्ष दिनेश यादवले आक्रमण गर्न लगाएको जयसवालले आरोप लगाए ।
वडा नम्बर ५ का वडा अध्यक्ष गंगाराम यादवसंग भेटघाट गर्न गाउँपालिका कार्यालय गएको थिए, जयवालले भने, गाउँपालिका अध्यक्ष दिनेश यादवले अख्तियरमा निबेदन दिन्छ्स, सामाजिक संजालमा जताभावी किन लेख्छ्स भन्दै हप्काउन थाले र तुरुन्तै पुर्व वडा अध्यक्षलाई फोन गरि बोलाएर कुट्न लगाए । रुपनी गाउँपालिका वडा नम्बर १ का पुर्व अध्यक्ष पितम्बर यादव आएर निर्घात कुटपिट गरेको जयसवालले वताए । म पालिकामा  जनप्रतिनिधिहरुसंगै थिए, उनले भने, यादव एक्कसी कताबाट आईपुगे, सवारी चालक राम यादवले मलाई समातेर पुर्ववडा अध्यक्षले धमाधम हाने ।
जयसवालले गाउँपालिकाका अध्यक्ष दिनेश यादवले समेत लातैलातले हानेको बताए ।  यादवले आफ्नो मोबाईल समेत नियन्त्रण लिएको जयसवालले आरोप लगाए । घटनाको समयमा वडा नम्बर ५ का अध्यक्ष गंगाराम यादव, ४ का छेदी इसर, ३ का अमार मुखिया, २ का सरोज यादव लगायतका जनप्रतिनिधि समेत प्रत्येक्षदर्शी रहेको उनले बताए ।
जयसवाल २०७९ को स्थानीय तह निर्वाचनमा रुपनी गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रबाट वडा अध्यक्षका उम्मेदवार बनेका थिए ।