• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

एमाले सांसदद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्व

एमाले सांसदद्वारा मधेश प्रदेश सभा बैठक अवरुद्व
न्यूज टुडे
राजविराज, २३ असार ।
एमाले सांसदहरुले शनिबारको मधेश प्रदेश सभाको बैठक अबरुद्ध गरेको छ । अर्थमन्त्री सञ्‍जयकुमार यादवले आर्थिक वर्षको अन्त्यमा रकमान्तरका नाममा अनियमितता गरेको आरोप लगाउँदै एमाले सांसदहरुले संसद बैठक अवरुद्ध गरेको हो ।
मधेस प्रदेश सभाको बैठक शुरू हुने बित्तिकै एमालेका मुख्य सचेतक लखन दासले सरकारले रकमान्तर गरेर अनियमितता गरेको भन्दै विरोध जनाए। उनले आफ्नो गृहजिल्ला सर्लाहीमा २२ वटा योजनामा करीब १४ करोड रकमान्तर गरेर नीतिगत भ्रष्टाचार गरेको भन्दै मुख्यमन्त्रीको जवाफ माग गरे।
दासले मधेश प्रदेशको सामाजिक विकास मन्त्रालयले २० करोड तथा पर्यटन मन्त्रालयले आठ करोड रकमान्तर गरेको, बिचौलियाको मिलोमतोमा ५ देखि १० प्रतिशत कमिशन लिएर रेड बूकमा योजना समावेश गरिएको आरोप लगाए।
एमालेका प्रदेश सभा सदस्य राजकुमार लेखीले रकमान्तरको विषयमा छानबिन हुनुपर्ने बताए। यसमा संसदीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने उनको जिकिर गरे ।
 एमाले सांसदहरुले मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै नाराबाजी गर्दै विरोध जनाए।