• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सवारी नियम उल्लंघन गर्ने १८ मोटरसाइकल प्रहरी नियन्त्रणमा 

सवारी नियम उल्लंघन गर्ने १८ मोटरसाइकल प्रहरी नियन्त्रणमा 
न्यूज टुडे
राजविराज, २२ असार ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ६ महुली बजारबाट शुक्रबार प्रहरीले १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएका छ्न । ईलाका प्रहरी कार्यालय महुली र ट्राफिक विटले संयुक्त रुपमा गरेको चेकजाँचको क्रममा मोटरसाइकल नियन्त्रणमा लिएका हुन ।
चेकजाँच गर्ने क्रममा हेल्मेट प्रयोग नगरी मोटरसाइकल चलाएको पाईएकोले मोटरसाइकल नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महुलीका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक सुमन महात्मान गिरिले बताए ।  सवारी नियमको पालन गर्न र हेल्मेट विना यात्रा गर्दा दुर्घटनाको जोखिमसंगै ज्यान खतरामा पर्ने भएकोले सवारी नियमको पुर्ण पालना गर्न सचेत गराएर मोटरसाइकल धनीको जिम्मा लगाएको उनले जानकारी दिए ।
मोटरसाइकल ईलाका प्रहरी कार्यालयमा राखी पहिलो पल्ट सम्झाई बुझाई छोडिएको ट्राफिक प्रहरी सहायक निरीक्षक तेज प्रसद खतिवडाले बताए । उनीहरुलाई ट्राफिक ऎन बमोजिम जरिवाना समेत काटिएको उनले जानकारी दिए । सप्तरीमा हेल्मेट प्रयोग नगरी तीब्र गतिमा मोटरसाइकल चलाउदा दैनिक दुर्घटना हुने गरेका छ्न । दुर्घटनामा दिनहुँजसो मानवीय क्षती हुने गरेको छ ।