सप्तरीको सप्तकोशी नगरपालिका २ सिद्धपुरमा सोमबार बिससेवनबाट एक स्कुलले विद्यार्थीको मृत्यु भएको छ । स्थानीय लताइ सदाको २० बर्षिय छोरा सुरेश सदाको बीस सेबनबाट मृत्यु भएको हो।
गएराती आफ्नै घरमा अल्मोनियम अक्सोसाईड नामक विषादी सेवन गरेका उनलाई उपचारका लागि विराटनगर लैजादै गर्दा इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सदाको शव परिक्षणका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा लगिएको थियो । शव परिक्षण पछि परिवारको जिम्मा लगाएको तथा घटना बारे थप अनुसन्धान भईरहेको फत्तेपुर प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक रामजि कुमार कार्कीले न्युज टुडेलाइ बताए।
स्वर्गीय सदा गोवर्धन बैरागी जनता माध्यमिक विद्यालय फत्तेपुरमा कक्षा १२ मा अध्यनरत थिए ।