सप्तरीको विष्णुपुर गाउँपालिकालाई सरसफाइ, हरियाली र सुन्दर बनाउने अवधारणा बमोजिम बृक्षारोपन सुरु भएको छ । गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवले सोमबार बृक्षारोपन गरेर अभियानको शुभाराम्भ गरेको हो ।
अभियान अन्तर्गत प्रत्येक घरमा आँपको १ बोट रोप्ने अध्यक्ष यादवले बताए । गाउँपालिका भरी प्रत्येक घरमा १ बोट रोपने लक्ष्य लिएको छु, उनले भने, यस आर्थिक बर्ष वडा नम्बर ४,५, र ७ मा र आगामी आर्थिक बर्ष २०८०/०८१ मा बाँकी वडाहरुमा वृक्षरोपण गरिसक्ने लक्ष्य लिएको छु । उनले वडा नम्बर ४ बाट अभियानको थालनी गरेको बताए ।
वडा नम्बर ४ कन्कटामा मालदह, बम्बई र कलकतिया आँपको विरुवा वितरण गरि रोपिएको उनले जानकारी दिए । अध्यक्ष यादवले गाउँपालिकाको सरसफाइ, हरियाली र सुन्दरताको स्थायित्वका लागि बिष्णुपुर गाउँपालिकाले वृक्षरोपण अभियान शुरु गरेको बताए ।
पहिलो चरणमा ३२ सय आँपको बोट वितरण गरिएको तथा सबैघरमा एकघर एकविरुवा रोप्ने अवधारणा गाउँपालिकाको रहेको उनले जानकारी गराए । अध्यक्ष यादवले शिक्षा क्षेत्रको सुधारका लागि विद्यालय अनुगमनलाई निरन्तरता दिएको छ ।
सामुदायिक विद्यालयमा हुने बेथिति अन्त्यका लागि गरिएको अनुगमनको सर्वत्र प्रशंसा भएको छ ।