• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

भारदहमा किसानहरूलाई कृषी सामाग्री वितरण

न्यूज टुडे
राजविराज, ११ असार ।
भारदहमा किसानहरूलाई कृषी सामाग्री वितरण

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहमा सोमबार किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ । हनुमान कंकालिनी नगरपालिका कृषि शाखाद्वारा आयोजित एक कार्यक्रमको विच किसानहरुलाई पानी तान्ने मोटर र स्प्रे पम्प वितरण गरिएको हो ।

कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख विरेन्द्र माझी र उपप्रमुख सरिता सिपलिया यादवले किसानहरुलाई ५ वटा पानी तान्ने मोटर र २० वटा स्प्रे पम्प वितरण गरे ।

आर्शिवाद सोभा भगवती पशुपालन तथा कुखुरा फर्मको समवन्यमा आयोजित कार्यक्रममा हनुमाननगर कंकालिनी नगरपालिकाका कृषि शाखा प्रमुख विजय कुमार सिंह, विन्देश्वरी खड्गा, समाजवादी युवा संघ वडा नम्बर १ का संयोजक अजय कुमार यादव, कृषि फर्मका अध्यक्ष चेत नारायण यादव लगायतका स्थानीय किसानहरुको उपस्थिति रहेको थियो ।