• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवन गाउँपालिकामा गुण्डाराज,जनप्रतिनिधिकै अगाडि स्थानीयबासी कुटिए,

न्यूज टुडे
राजविराज १० असार ।
अग्नीसाईर कृष्णासवन गाउँपालिकामा गुण्डाराज,जनप्रतिनिधिकै अगाडि स्थानीयबासी कुटिए,

सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ३ हरिहरमा शनिबार जनप्रतिनिधिकै अगाडि स्थानीवासीमाथि हातपात भएको छ । वडा अध्यक्ष गोपाल प्रसाद चौधरीको अध्यक्षतामा बाटोको विषयलाई लिएर बसेको पन्चायतीमा उपभोक्ता समितिका पदाधिकारीद्वारा स्थानीयबासी कुटिएको हो ।

पन्चायतिमा वादविवाद भई झडप हुदा ४ जना घाईते भएका छन । बाटो निर्माण उपभोक्ता समितिको अध्यक्ष उपेन्द्र चौधरीको नेतृत्वको समुहको कुटपिटबाट उनीहरु घाईते भई अस्पताल भर्ना भएका छ्न ।

घाइते हुनेमा स्थानीय चन्द्रदेव चौधरी, चुडामणी चौधरी, उपेन्द्र चौधरी र मुन्निदेवी चौधरी रहेका छ्न ।घाइतेहरुको आँखा, निधार, घुच्चुक, पाखुरा लगायतका शरीरको विभिन्न भगमा चोटपटक लागेको छ ।

उनिहरुको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भईरहेको घाइतेका परिवारजनले बताएका छ्न ।

आधारभुत विद्यालय हरिहरपुरमा भएको छ्लफलमा उपभोक्ता समितिका अध्यक्ष चौधरीको नेतृत्वका नवराज जोशी, दिनेश जोशी, महेन्द्र चौधरी, दिनेश्वर चौधरी, दिलानन्द चौधरी( दिलु) हर्ष नारायण चौधरी रोहित, सुशील कुमार चौधरी, गोरखनाथ चौधरी, उपेन्द्र चौधरी लेखीले अन्धाधुन्ध आक्रमण गरेको घाइते चन्द्रदेव चौधरीले बताए ।

उक्त छ्लफलमा पुर्व गाउँपालिका अध्यक्ष पर्शुराम चौधरी, गाउँपालिका उपाध्यक्ष कल्पना कुमारी चौधरी, वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, वडा नम्बर ६ का अध्यक्ष अशोक आचार्य, वडा नम्बर ३ का पुर्व वडा अध्यक्ष अरुण कुमार चौधरी, साविक हरिहरपुर गाविसका अध्यक्ष बद्री नारायण चौधरी लगायतका स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थित रहेको थियो ।

विवाद समाधानको लागि आयोजना गरिएको बैठक गाउँमा नराख्न आग्रह गर्दा समेत वडा अध्यक्षले जबर्जस्ती राखेका कारण कुटिनु परेको पिडित पक्षले गुनासो गरे । हामीले पटकपटक वडा कार्यालय वा गाउँपालिका कार्यालय, प्रहरी कार्यालयमा बैठक राख्न वडा अध्यक्षलाई अनुरोध गर्‍यौ, घाइते चन्द्रदेवले भने, हाम्रो निवेदनको सुनुवाइ भएन तर गाउँपालिकाका सम्मानित जनप्रतिनिधिहरु बैठकमा उपस्थित भएपछि वहाहरुको सम्मानमा ठेस नपुगोस भनेर बैठकमा गयौं ।

उपभोक्ता समितिका पदाधिकारीहरुले कुटपिट गर्ने उदेश्यले योजनाबद्ध तरिकाले पन्चायती गाउँमा आयोजना गरेको पीडित पक्षको आरोप लगाए । हामीलाई कुट्नकैलागि बैठक बोलाएको भन्ने थाहै भएन, उनले भने , यस्तो जानेको भए हामी सहभागी हुने थिएनौं ।

बाटोको विवादलाई लिएर यसअघि समेत माथिका आरोपित मध्यका उपभोक्ता समितिका सदस्य हर्ष नारायण चौधरी रोहितले एक महिलालाई निर्घात कुटपिट गरेका थिए । उनिमाथि प्रहरीमा जाहेरी गर्दा समेत सुनुवाइ नभएको पीडित मुन्नादेवी चौधरीले बताएईन ।

वडा अध्यक्ष चौधरीले विवादित बाटोमा रहेको जमिनको माटो हटाउन गाउँपालिकाको डोजर पठाएको एकहप्ता नपुग्दै पुनः पुर्नको लागि डोजर पठाएपछि विवाद चुलिएको थियो ।

वडा कार्यालयको ७ लाखको लगानीमा पुरिएको माटो भर्ने योजनाको विवादको विच गाउँपालिकाले भुक्तानी दिईसकेको छ ।