• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कञ्चनरुपको नवौं नगरसभा उपमेयर पोखरेलसहित बहुमत सदस्यले गरे बहिष्कार : सभा स्थगित

राजकुमार साह
कञ्चनपुर ,१० असार
कञ्चनरुपको नवौं नगरसभा उपमेयर पोखरेलसहित बहुमत सदस्यले गरे बहिष्कार : सभा स्थगित

सप्तरीको कञ्चनरुप नगरपालिकाको आइतबार आयोजित नवौं नगर सभा स्थगित भएको छ । नगर प्रमुख ललन प्रस्ताव गुप्ता र उपमेयर मुना कुमारी पोखरेलको अन्तरद्वन्दका कारण नगरसभा स्थगित भएको हो ।

नगरसभा कोरम नपुग्दै सञ्चालन गरेको भन्दै उपमेयर पोखरेल सहित बहुमत सदस्यले नगर सभा बहिष्कार गरेका छ्न ।

पालिकाको सभा हलमा आयोजित नगरसभा कोरम नपुगेको भन्दै उपमेयर पोखरेलले सभा बहिष्कार गर्दै स्थगित गरेकी छिन। मेयर ललन प्रसाद गुप्ताले नगर सभा कोरम नै नपुर्‍याई सञ्चालन गरिरहदा उप मेयर मुना पोखरेलको नेतृत्वमा ८ वटा वडाको वडा अध्यक्षहरु र कार्यपालिका सदस्यहरु मिलेर नगर सभा स्थगित गरे ।

मेयर गुप्ताले प्रक्रिया मिची गरिरहेको नगर सभामा ४वटा वडा अध्यक्षहरु २कार्यपालिका सदस्य र नगर सभा सदस्य गरि जम्मा २६ जना मात्र सहभागी थियो ।

१२ वडा रहेको नगरपालिकामा ६५ जना नगर सभा सदस्य छ्न। नगरसभा सञ्चालनको लागि कम्तीमा ३३जना हुनुपर्ने हुन्छ । नगर सभा सञ्चालनको बेला मेयर र उपमेयरको बिच चर्काचर्की भएको थियो ।

मेयर गुप्ताले संबैधानिक ब्यवस्था अनुसार असार १०गते अनिवार्य निति तथा कार्यक्रम ल्याउनुपर्ने भएकोले सोही अनुसार १०गते नगरसभा गरेको जानकारी दिए ।