• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सप्तरीको सप्तकोशी नगरपालिकाको ११औं नगर सभा सम्पन्न

शिव प्रसाद आचार्य
राजविराज, १० असार ।

सप्तरीको सप्तकोशी नगरपालिकाको ११औं नगरसभा आइतबार सम्पन्न भएको छ । आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरसभा सम्पन्न भएको हो ।
माध्यमिक विद्यालय फत्तेपुरको सभा हलमा आयोजित ११ औं नगर सभामा नगर प्रमुख कृष्णप्रसाद ढकालले बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरे । उनले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ४१ करोड ५७ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरे ।

वडा स्तरीय बजेटमा ११ वटै वडाका लागि ३ करोड बिनियोजित गरिएको छ। वडा नम्बर १ मा ४१ लाख ४० हजार, वडा नम्बर २ मा २८ लाख ११ हजार, वडा न ३ मा २४ लाख ५७ हजार, ४ मा २७ लाख ९३ हजार, ५ मा २४ लाख २४ हजार, ६ मा २४ लाख ७५ हजार, ७ मा २३ लाख ९७ हजार, ८ मा २६ लाख १० हजार ९ मा २४ लाख ९९ हजार, १० मा २७ लाख ६६ हजार र वडा नम्बर ११ मा २६ लाख २८ हजारका दरले बजेट बिनियोजित गरिएको नगर प्रमुख ढकालले जानकारी दिए।

कृषि बिकास शाखा पशु शाखा,सामाजिक बिकास शिक्षा ,युवा तथा खेलकुद शाखा लगायत ८ वटा बिषयगत शाखालाइ गरि २ करोड २२ लाख ९५ हजार बिनियोजित गरिएको छ ।समृद्ध नगर र सुखि नगरबासिको लक्ष्य राखेको नगरले शिक्षा, स्वास्थ्य ,खानेपानी तथा सरसफाइ, कला भाषा सस्कृति र सामाजिक समाबेसिकरण ,आर्थिक बिकास,कृषि पशु बिकास र सिचाइ ,पर्यटन ,उद्योग सहकारी तथा रोजगार ,पुर्बधार बिकास ,संचार बिधुत तथा उर्जा , बाताबरण तथा बिपद ब्याबस्थापन ,बन बाताबरण भु संरक्षण सुशासन तथा संस्थागत बिकाससम्बन्धि नितिलाइ प्रथामिकिरण गरि निति तथा कार्यक्रम तय गरेको छ ।

नगरप्रमुख ढकालको अध्यक्षतामा आयोजित कार्यक्रम प्रमुख अतिथि मधेस प्रदेशका भौतिक योजना तथा पुर्बधार बिकास मन्त्री कृष्ण कुमार यादवले मधेश प्रदेशको नक्साङकन गलत रहेको बताए । मधेश प्रदेशमा समतल भुभाग मात्र रहेकोले कम्तीमा उदयपुरको भागहरु हुँदै मकवानपुरको हेटौंडासम्मको भुभाग मधेश प्रदेशमा हुनुपर्नेमा जोड दिए । मधेशमा जनसंख्या धेरै तथा बजेट थोरै भएकोले अपेक्षित विकास हुन नसकेको उनले उल्लेख गरे ।

मधेश प्रदेशका पुर्व कानुन मन्त्री एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१ ) बाट निर्वाचित प्रदेश सभा सदस्य राज कुमार लेखीले नगरपालिकाले ल्याएको बजेट,निति तथा कार्यक्रम परम्परावादी भएको टिप्पणी गरे । लेखीले प्रदेश सरकारलाई अनियमितता र भ्रष्टाचारले गाँजेको बताए । कमिसन बेगर कामै नगर्ने मन्त्रीहरुको जमात रहेको भन्दै पुर्व मन्त्री लेखीले सरकारले ५० प्रतिशत भन्दा बढी बजेट कहिल्यै खर्च गर्न नसको बताए ।

सप्तकोशी नगरपालिकाका पुर्व नगरप्रमुख उत्तम कुमार गौतमले विगतका सरकारले गरेको कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । उनले गुणस्तरीय शिक्षा निर्यातमुखी कृषि प्रणाली र बन्यजन्तु आरक्षणबाट सिर्जित समस्यालाई विषेश ध्यान दिन आग्रह गरे ।

नगरसभा उद्वघाटन समारोहमा प्रदेशसभा सदस्य समिम मियाँ, नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साह, बलार्दह सामुदायिक बनका अध्यक्ष महेश यादव,विपन्न महिला कृषि सहकारी संस्थाका संगिता काफ्ले, चन्द्र नहर व्यवस्थापन कार्यालयका प्रमुख प्रदीप राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

वडा नम्बर २ का वडा सदस्य नवराज अधिकारी र महिला तथा बालबालिका शाखाका प्रमुख विष्णुमाया नेपालद्वारा संयुक्त रुपमा संचालित कार्यक्रममा स्वागत कार्यपालिका सदस्य प्रभा चौधरीले गरिन ।

कार्यक्रममा पुर्व खेलकुद मन्त्री सत्यनारायण मण्डल ,, नेपाली काङ्ग्रेसका नगर सभापति युवराज खनाल, ,नेकपा एमालेका नगर अध्यक्ष पारस दहाल, जसपाका नगर अध्यक्ष रामकुमार यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी का नगर अध्यक्ष तुलाराम लुइँटेल, रास्वपा नगर अध्यक्ष मान प्रसाद लुइँटेल, सप्तकोसी उधोग बाणिज्य संघका अध्यक्ष सुदाश राई ,त्रियुगा सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरी, मनकामना सहकारीका अध्यक्ष अशोक चौधरी, लगायत विभिन्न पार्टी प्रतिनिधि संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।