न्यूज टुडे
राजविराज, ९ असार ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य एवम पुर्व कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले मधेश प्रदेश सरकार समाबेशी वनाउनुपर्नेमा जोड दिएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका २ को वडासभालाई शनिबार सम्बोधन गर्दै उनले सबैजाती समुदायको प्रतिनिधित्व हुने गरि सरकारमा उपस्थिति गर्नुपर्नेमा जोड दिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री लेखीले मधेश सरकार समाबेशी नभएको टिप्पणी गरे । मधेश प्रदेश सरकार संबिधान विपरीत गठन भएको छ, पुर्व मन्त्री लेखीले भने, मधेश प्रदेश सरकार समाबेशी भएन, सरकारमा खसआर्य, आदिवासी जनजाति, थारु, दलितको उपस्थिति छैन । उनले संबिधानको मुलमर्म, भावना, र परिबर्तनका लागि भएको आन्दोलनबाट प्राप्त जनादेशको आधारमा सरकारलाई समाबेशी बनाउनु पर्नेमा जोड दिए । सातवटै प्रदेशको तुलनामा मधेश सरकार पुर्ण रुपले असमाबेशी रहेको उनले टिप्पणी गरे । मधेश प्रदेश सरकारले संविधानलाई लत्याउने काम गरेको उनको आरोप थियो । लेखीले मधेश सरकारले कमिसनका लागि ढिलो योजना कार्यान्वयन गरेको आरोप लगाए ।

मदेश सरकार नलायक छ, प्राप्त बजेट खर्च गर्न सक्दैन, उनले भने, २० प्रतिशत कमिसन लिएर मात्र बजेट विनियोजन गर्छ । त्यसैको परिणाम स्वरुप प्रत्येक बर्ष ५० प्रतिशत बजेट फ्रीज हुन्छ । आफू निर्वाचित भएदेखी विभिन्न क्षेत्रमा भएको बेतिथी अन्त्य गर्न स्थानीय सरकार र सरकारका निकायहरुसंग समवन्य र सहकार्यका लागि प्रयत्न गरेको चर्चा गर्दै लेखीले जनतालाई भ्रमित गर्ने मनसायले आफुमाथी जिम्मेवार स्थानमा बसेका व्यक्तिबाट विभिन्न निरधार आरोप लगाएको भन्दै असन्तुष्टि व्यक्त गरे । विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त राजनीति परिबर्तनको रक्षा गर्न संबिधानको भावानाको कदर गर्नुपर्ने बताउदै लेखीले तिनै तहका सरकारले सामाजिक परिबर्तन गर्ने योजना ल्याउनुपर्नेमा जोड दिए । लेखीले अरुभन्दा फरक किसिमले आफ्ना कामलाई पारदर्शी बनाउने उदेश्यले वडासभा आयोजना गरेकोमा प्रशंसा व्यक्त गरे । आफ्नो गाउँटोलमा कस्ता काम भएको छ र कस्ता काम गर्न खोजिएको छ सुचित हुने अधिकार सबैवडाबासीलाई छ, लेखीले भने, जनताको सूचनाको हकलाई सम्मान गर्ने कार्य अत्यन्त सराहनीय छ, आजाको वडासभा देशकै लागि मार्गदर्शक भएको छ । यस्तै गरि उदाहरणिय बन्नुस । मधेश प्रदेश सरकार भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाउदै लेखीले मधेश सरकार सुशासन कायम गर्न पुर्णरुपले असफल भईसकेको जिकिर गरे ।
राज्यमा भएको चरम भ्रष्टाचार र बेथिति विरुद्ध एकजुट हुनुपर्नेमा जोड दिदै लेखीले मेरो संसदीय विकासकोषबाट संचालित योजना तथा कार्यक्रमको नाममा कमिसन मागे कसैलाई १ पैसा नदिन आग्रह गरे । आफ्नो निर्वाचन क्षेत्रका जनताको आबश्यक्ता र समस्याको पहिचान गरि संसदमा कुरा उठाएको बताउदै कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री लेखीले बन्यजन्तु र खोला नदिनालाबाट उत्पन्न हुने समस्याको समाधानका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेटलाई वितरणमुखी बनाउन नहुने सुझाव दिदै प्रदेशसभा सदस्य लेखीले बजेट बनाउदा एक आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा पुर्वाधार निर्माणको कुनै एक क्षेत्रमा ६० प्रतिशत विनियोजन गर्दा उपलब्धि मुलक हुने विश्वास व्यक्त गरे । लेखीले कोशी ट्प्पु बन्यजन्तु आरक्षण क्षेत्र आसपासलाई माछा पकेट क्षेत्रको रुपमा विकास गर्न आफुले पहल सुरु गरेको बताए ।

कृषि अनुदानको नाममा सरकारले आफ्ना नातागोता र कार्यकर्तालाई पोस्ने बाहेक केही राम्रो काम नगरएको बताउदै लेखीले जनताको आयास्तर उकास्ने र रोजगारी सिर्जना हुने कार्यमा लगानी गर्न आग्रह गरे । सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णा प्रसाद ढकाले आगामी योजनामा टुक्रे योजनालाई स्थान नदिने बताए । वडा नम्बर २ का अध्यक्ष जहिर हुसैनले गत आर्थिक बर्ष २०७९÷०८० को बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गर्दै वडालाई प्राप्त ३२ लाख ८० हजारबाट विभिन्न २५ वटा योजना तथा कार्यक्रम संचालन गरेको बताए । उनले वडा स्तरीय योजना बाहेका आफ्नो पहलबाट प्रदेश सरकार तथा प्रदेश संसदीय कोषबाट १ करोड भन्दाबढीको विभिन्न ७ वटा योजना संचालन गरेको बताए । उनले नगरप्रमुखका कारण नगरपालिकाबाट प्रवाह हुने सेवाहरुमा ढिलासुस्ती हुने गरेको गुनासो गरे ।
अध्यक्ष हुसेनले आगामी आर्थिक बर्ष २०८०÷ ०८१ का लागि २८ लाख बजेट प्राप्त भएको जानकारी दिदै जनताको प्रमुख समस्या र आबश्यकताको आधार मानी बजेट विनियोजन गरिएको बताए । अध्यक्ष हुसैनको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्व नगरप्रमुख उत्तम कुमार गौतम, वडा नम्बर १ का अध्यक्ष रोहिनी प्रसाद पोखरेल, वडा नम्बर ३ का अध्यक्ष देवकान्त गोजेवार, रिटर्नी फेडरेशनका केन्द्रिय सचिब सरिता चौधरी, सामुदायिक बन उपभोक्ता महासंघ सप्तरीका अध्यक्ष अशोक कुमर चौधरी, २ नम्बर वडाका प्रत्यासी उम्मेदवार मधुकर चौधरी, गोबर्धन क्याम्पसका संगिता काफ्ले, स्थानीय शिव प्रसाद गुप्ता, देव नारायण चौधरी लगायतकाले मन्तव्य व्यक्त गरे ।
वडा सदस्य नवराज अधिकारीद्वारा संचालित कार्यक्रममा स्वागत अर्का वडा सदस्य पानोदेवी राजधामीले गरिन भने आर्थिक बर्ष २०८०÷८१ को प्रस्तावित बजेट निति तथा कार्यक्रम वडा सदस्य रविन्द्रनाथ चौधरीले गरे । कार्यक्रममा सप्तकोशी नगरपालिकाका विभिन्न वडाका अध्यक्ष, २ नम्बर वडाका राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी,बुद्धिजीवी तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।