न्यूज टुडे
राजविराज, ३० जेठ ।
मधेश प्रदेशका पुर्व कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्री एवम सप्तरी निर्वाचन क्षेत्र नम्बर १ (१ ) बाट निर्वाचित प्रदेशसभा सदस्य राज कुमार लेखीले संघीयतामा सबैभन्दाबढी खतरा मधेश प्रदेश सरकारबाटै रहेको बताएका छन् ।
सप्तरीको महुलीमा मंगलबार महुली सामुदायिक विकास केन्द्रको ३० औं तथा महुली लघुवित्त वित्तीय संस्थाको ११ औं स्थापना दिवसको आबसारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री लेखीले मधेश प्रदेश सरकार संघीयताको मर्म र भावाना विपरीत चलेको टिप्पणी गरे । प्रदेश सरकार समाबेशी छैन, पुर्व मन्त्री लेखीले भने, आदिवासी जनजाति, दलित, मुश्लिमसहितका समुदायको उपस्थिति नहुनुले संघीयता र समाबेशी प्रणालीको खिल्ली उडेको छ, यसकारणले पनि संघीयतामा सभन्दाबढी खतरा मधेश सरकारबाटै छ ।

मधेश सरकारबाट संघीयतामाथी खतरा रहेको चर्चा गर्दै लेखीले ठूलो संघर्ष र बलिदानी बाट आएको परिबर्तनको उपलब्धि रक्षाका लागि नागरिक समज र संस्थासंस्थाबाट निरन्तर खबरदारी गर्न आग्रह गरे । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री लेखीले मधेश सरकार दक्षिण एसियाकै सभन्दा भ्रष्ट र असक्षम रहेको आरोप लगाए । संघ सरकारले दिएको बजेट खर्च गर्न सक्दैन, लेखीले भने, बजेटमा विभेद भयो भन्दै भ्रम सिर्जना गरिरहन्छ, अहिलेसम्मको तथ्यांक हेर्दा बार्षिक ५० प्रतिशतबढी प्रदेश सरकारको वजेट खर्च भएकै छैन । उनले अरुलाई आरोप लगाएर आफ्नो कमजोरी ढाकछोप गर्ने संक्रीण सोच प्रदेश सरकारको रहेको दावी गरे । प्रचण्ड, देउवा, ओलिले ५० प्रतिशत मात्र खर्च गर कहि भनेको छ, प्रश्न गर्दै लेखीले भने, प्रदेश सरकारको काम गर्ने शैली ठिक नहुदा बार्षिक ५० प्रतिशत विकासिय बजेट फृज हुन्छ, संघ संरकारले खर्च नगर भनेकै हैन । लेखीले मधेश प्रदेशमा भएको चरम भ्रष्टाचारको कुरा उठाउदा सरकारले जबाफ दिन नसकेको उल्लेख गरे । मधेश सरकारका मन्त्रीहरुले २० प्रतिशत कमिसन लिएर योजना विक्री गर्छ्न, उनले भने, उपभोक्ता समितीमा बसेर काम गरेकाहरुले कमिसन नबुझाएस्म्म बजेट उपलब्ध नहुने गुनासो चियापसलदेखी चौक–चौकमा हुने गरेको छ । उनले मुख्यमन्त्रीको निरिहताका कारण मधेश सरकार भ्रष्ट सरकारको रुपमा स्थापित भएको जिकिर गरे ।

लेखीले मधेश सरकारले अहिले सम्म शिक्षा, स्वास्थ्य लगायतका कुनैपनी क्षेत्रमा उल्लेखनीय कार्य नगरेको भन्दै आक्रोश पोखे । महुली समुदायिकले छोटो समयमा सामाजिक आर्थिक रुपान्तरण, सामाजिक उत्थान र रोजगारीको क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै कार्यक्रमका प्रमुखु अतिथि पुर्व मन्त्री लेखीले संस्थाको समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ का वडा अध्यक्ष तेज नारायण यादवले महुली सामुदायिकले सयौं भुमिहिन, विपन्न दलित समुदायलाई सुरक्षित आवासको व्यवस्था गरेको चर्चा गरे । उनले महुली सामुदायिक संस्थासंग साझेदारी गर्दै घरवारविहीनका लागि सुरक्षित आवास निर्माण कार्यक्रममा आर्थिक बर्ष २०८०÷८१ को बजेटबाट १ करोड विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाका कार्यकारी निर्देशक प्रभुनारायण चौधरीले विभिन्न चुनौतीका विच सफलता हाँसिल गरेको भन्दै खुशी व्यक्त गरे । उनले २०४८ सालमा मासिक २ रुपैयाँ संकलन गरि स्थापना गरेको संस्थाले सयौं व्यक्तिलाई रोजगारी र ९० हजारभन्दा बढीलाई वित्तीय सेवा प्रदान गरिरहेको बताए । संस्था बारे जानकारी दिदै चौधरीले हाल ३४ जिल्लामा शाखा विस्तार भएको संस्थाले ४ अर्व ३४ करोड वित्तीय कारोबार गरिरहेको बताए ।

उनले बार्षिक ६ करोड सरकारलाई कर बुझाउदै आएको बताए । महुली सामुदायिक विकास केन्द्र बकधुवाका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत महासचिव श्रावण कुमार चौधरीले गरे । संस्थाका अध्यक्ष श्यामकान्त चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा ९० हजारसेवाग्राही मध्ये जानकी चौधरीउत्कृष्ट भएकोले सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री लेखीले नगद र प्रमाणपत्रद्वारा सम्मान गरे । उक्त अबसरमा बृक्षारोपन समेत गरिएको थियो ।