• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

सवारी दुर्घटनामा घाईते १ बालकको मृत्यु, ३ जना घाईते

सवारी दुर्घटनामा घाईते १ बालकको मृत्यु, ३ जना घाईते

न्यूज टुडे
राजविराज, २६ जेठ ।
सप्तरीमा सवारी दुर्घटनामा घाईते एक बालकको उपचारको क्रममा मृत्यु भएको छ भने ३ जना घाईते भएका छन ।

दुर्घटनामा बिष्णुपुर गाउँपालिका ६ गोबरगाका देवु सरदारको छोरा बर्ष ४ का आयुष सरदारको मृत्यु भएको हो । तिलाठीबाट राजबिराज तर्फ आउदै गरेको प्रदेश १–०१– ०१४ प ७१४ नम्बरको स्कुटीले बालकले बाटो क्रस गर्ने क्रममा ठक्कर दिएको प्रहरीले बताएका छन । टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको बालकलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारपछि थप उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्कुटी चालक जिल्ला ईलाम चुलाचुली गाउँपालिका ३ बस्ने सुक्रराज राईको छोरा बर्ष १९ को शौगात राईलाई नियन्त्रणमा लिई आबश्यक कारबाही अगाडि बढाएको प्रहरीले जनाएको छ ।

यसैगरी डाक्नेश्वरी नगरपालीका वडा ८ भिमपुर स्थित सडक खण्डमा पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्र.०१–००४ प ४५६४ नम्बरको मोटरसाइकल र बिपरित दिशा तर्फबाट आउदै गरेको स १० प ८१०३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई एक आपसमा ठक्कर खाई दुर्घटना भएको छ । दुर्घटनामा प्र.०१–००४ प ४५६४ नम्बरको मोटरसाइकलको पछाडि सवार डाक्नेश्वरी नगरपालिका ८ प्रबाह टोलका बर्ष–३५ कि तनजिला खातुन घाईते भएका छ । प्र.०१–००४ प ४५६४ नं.को मो.सा.चालक डाक्नेश्वरी नगरपालिका ८ भिमपुर बस्ने बर्ष–४८ को राम कुमार मण्डल र पछाडि सवार सोही ठाउँका बर्ष–५५ को उतिनलाल साह घाईते भएका छन् ।

घाईतेहरु तनजिला खातुन र उतिनलाल साहको गजेन्द्र नारायण अस्पताल राजबिराजमा उपचार भईरहेको तथा राम कुमार मण्डललाई थप उपचारको लागी न्युरो अस्पताल बिराटनगर तर्फ पठाएको प्रहरीले जनाएको छ । उनीहरुको अबस्थामा मध्यम रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।