• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

राजविराज नगरपालिकाद्वारा ज्यालादारी कर्मचारी हटाउने निर्णय, कर्मचारीद्वारा आन्दोलन गर्ने चेतावनी

राजविराज नगरपालिकाद्वारा ज्यालादारी कर्मचारी हटाउने निर्णय, कर्मचारीद्वारा आन्दोलन गर्ने चेतावनी

न्यूज टुडे
राजविराज, २६ जेठ ।
राजविराज नगरपालिकाले ज्यालादारी कर्मचारी हटाउने निर्णय गरेको छ । नगरपालिकाद्वारा शुक्रबार सूचना जारी गर्दै ज्यालादारी कर्मचारी हटाएको जानकारी गराएको हो ।

बिहीबार बसेको कार्यपालिकाको बैठले ज्यालादारीमा नियुक्त गरेका कर्मचारी हटाउने निर्णय गरेको जारी सूचनामा उल्लेख छ । कतिजना कर्मचारी हटाएको तथा क–कसलाई हटाइएको हो भन्ने कुरा सूचना उल्लेख गरिएको छैन । न्यूज टुडेसहित विभिन्न संचार माध्यममा ऐन विपरीत ज्यालादारी कर्मचारी नियुक्त गरेको निरन्तर समाचार प्रकाशित भएपछि नगरपालिकाले स्थानीय सञ्चालन ऐनविपरीत गरेको कर्मचारी भर्ना हटाउने निर्णय गरेको राजविराज नगरपालिका ९ का अध्यक्ष एवम नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले जानकारी दिए।

नगरप्रमुख भीमराज यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनी निलम्बित छन्। कार्यवाहक नगरप्रमुख भएकी उपप्रमुख इसरत परबिनले आफूखुसी कर्मचारी भर्ना गरेकी थिइन्। ऐन मिचेर तोकआदेशमा कर्मचारी नियुक्त गरेपछि चौतर्फी घेराबन्दीमा परेकी कार्यबाहक नगरप्रमुख परविनले सम्पुर्ण ज्यालादारी कर्मचारीलाई हटाउने प्रस्ताव गरेपछि कार्यपालिकाको बैठकबाट हटाउने निर्णय भएको श्रोतको दाबी छ । यता ज्यालादारी कर्मचारीहरुले नगरपालिकामा दुईदशकदेखि सेवादिदै आएकोमा एक्कसी हटाउने निर्णयले आफुहरु अन्यायमा परेको बताएका छ्न । उनिहरुले शुक्रबार नगर प्रमुख परविनलाई ज्ञापन पत्र बुझाउदै निर्णय फिर्ता लिन आग्रह गरेका छन् । नगरपालिकाको निर्णय निशर्त फिर्ता नगरिए आन्दोलन गर्न बाध्य हुने उनिहरुले ज्ञापनपत्रमार्फत चेतावनी समेत दिएको छ ।