• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

महुली सामुदायिकद्वारा संचालित सुरक्षित आवास कार्यक्रमको जिल्ला स्तरीय संयुक्त टोलिद्वारा अनुगमन

महुली सामुदायिकद्वारा संचालित सुरक्षित आवास कार्यक्रमको जिल्ला स्तरीय संयुक्त टोलिद्वारा अनुगमन

न्यूज टुडे
राजविराज, २५ जेठ ।
महुली सामुदायिक विकास केन्द्र बकधुवा, स्थानीय तह र ह्ययाविट्याट नेपालको संयुक्त साझादारीमा संचालित सुरक्षित आवास कार्यक्रमको बिहिवार एक जिल्ला स्तरीय टोलिले अनुगमन गरेको छ ।

जिल्ला समवन्य समिती सप्तरीका प्रमुख शिवनारायण साह नेतृत्वको टोलिले विभिन्न नगरपालिका र गाउँपालिकामा संचालित सुरक्षित आवास कार्यक्रमको स्थलगत निरीक्षकण गरेको हो । अनुगमन टोलिले सप्तकोशी नगरपालिका अग्नीसाईर कृष्णासवरन गाउँपालिकामा संचालित सुरक्षित आवास योजनाको निरीक्षण गरेको महुली सामुदायिक विकास केन्द्र सप्तरीका कार्यकारी सचिब एवम् निर्देशक प्रभुनारायण चौधरीले बताए । स्थानीय श्रोत र सामाग्रीहरुको प्रयोग गरि कम लगतमा विपन्न लक्षित बर्गहरुको लागि विपद व्यवस्थापनलाई समेत ध्यानमा राखी निर्माण भईरहेको सुरक्षित आवास कार्यक्रमलाई जिल्ला स्तरमा विस्तार गर्न अनुगमनमा सहभागीहरुले सुझाव दिए । कार्यक्रमले विपन्न दलित सुकुम्बासीहरुले जग्गा र सुरक्षित आवास पाउनुको साथै सरकारको लगानीको पुर्ण उपयोगीता हुने भएकाले कार्यक्रमलाई जिल्लाभरी संचालन गर्न आग्रह गरे ।

अग्नीसाईर कृष्णासवरन गा.पा. ४ टेङरीमा निर्माण सम्पन्न आवासको निरीक्षण गर्दै अनुगमन टोलि । फोटोः न्यूज टुडे

अनुगमन टोलिमा जिल्ला समवन्य समिति सप्तरीको उपप्रमुख शम्भु कुमार यादव, भुमी आयोग जिल्ला समितिका अध्यक्ष हरेराम यादव, सप्तकोशी नगरपालिकाका नगरप्रमुख कृष्णा प्रसाद ढकाल, शम्भुनाथ नगरपालिका कार्यबाहक नगरप्रमुख अनिता चौधरी, अग्नीसाईर कृष्णासवरन गाउँपालिकाका उपाध्यक्ष कल्पना कुमारी चौधरी, ह्याविट्याट फर ह्य्मानिटी नेपालका प्रोजेक्ट कोर्डिनेटर सैयद मो. नसिम सरवर,नापी कार्यालय सप्तरीका प्रमुख नापी अधिकृत शत्रुधन प्रसाद यादव, मालपोत कार्यालय सप्तरीका प्रमुख रामनारायण शर्मा,नेपाल पत्रकार महासंघ प्रदेश परिषद सदस्य वृजमान तामाङ, रहेका थिए । यसैगरी अग्नीसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तेज नारायण यादव, सप्तकोशी नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जयराम खंग, डिभिजन बन कार्यालय सप्तरीका रामदेव चौधरी, खानेपानी कार्यालय सप्तरीका सियाराम सरदार, जिल्ला समवन्य समितिका इन्जिनियर सुनिल कुमार साह, सहरी विकास कार्यालयका दिपक कुमार यादव लगायतका सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुले अनुगमन गरेको महुली सामुदायिक विकास केन्द्र बकधुवाका अध्यक्ष श्यामकान्त चौधरीले जानकारी दिए ।

अग्निसाईर कृष्णासवरन गाउँपालिका ४ बेल्हा स्थित प्रस्तावित आवास निर्माण कार्य स्थलमा अनुगमन टोलि । फोटोः न्यूज टुडे

कार्यक्रम अन्तर्गत चालू आर्थिक बर्षमा सप्तरीकोशी नगरपालिका ४ मा विपन्न मुसहर समुदायका लागि २० वटा घर निर्माण भईरहेको तथा अग्निसाईर कृष्णासवरन गाउँपालिकामा ३४ वटा आवास निर्माणको कार्य जारी अबस्थामा रहेको महुली सामुदायिकका कार्यक्रम संयोजक चन्द्र नारायण चौधरीले जानकारी दिए । यसअघि अग्निसाईर कृष्णासवरन गाउँपालिकामा १ सय ५० र शभुनाथ नगरपालिकामा ६९ वटा सुरक्षित आवास निर्माण गरि समुदायलाई हस्तान्तरण गरिसकेको चौधरी बताए । आवास निर्माणमा ह्याविट्याट र स्थानीय तहले ५० प्रतिशत बजेट लगानीमा निर्माण गरिने आवासमा जगमा सिमेन्ट ढलाई, पिलर, टिनको छानो र बाँसको बढी प्रयोग गरिएको महुली सामुदायिक विकास केन्द्रले जनाएको छ ।