न्यूज टुडे
राजविराज, २५ जेठ ।
सप्तरीको रुपनी गाउँपालिका र बोदेबर्साईन नगरपालिकामा बिहीबार दुईजनाको शव झुन्डिएको अबस्थामा मृत फेला परेका छन् ।
रुपनी गाउँपालिका ५ धुरगाम टोलका रमेश दासको श्रीमती वर्ष २५ कि बबि दास र बोदेबर्साईन नगरपालिका वडा नम्बर ८ वैरियाहीका बिरेन्द्र कुमार यादवको छोरा वर्ष २० को चित्ररंजन कुमार यादवको झुन्डिएको अबस्थामा शव भेटिएको हो । स्थानीय श्रीलाल यादवले दासले के–कुन कारण आफ्नै घरको सुत्ने कोठाको धरैनमा साडिको पासो लगाई झुन्डि मृत्यु भएको भनि प्रहरीलाई खबर गरेका थिए । प्रहरीलाई खबर प्राप्त हुन ईलाका प्रहरी कार्यालयवाट प्रहरी वरिष्ठ नायव निरीक्षक रंजन कुमार सिंहको कमान्डमा टोली खटि गई घटनास्थल सुरक्षित राखिएको तथा जिप्रका सप्तरीबाट गएको संयुक्त प्रहरी टोलिले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी यादवले घर छेउको बगैचामा आपको रुखमा नाईलनको डोरीको पासो लगाई झुण्डि मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुबैजनाको शव परिक्षणका लागि राजविराज ल्याएको तथा घटना बारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।