• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कुटपिटबाट दुई महिला घाईते, अस्पताल भर्ना

कुटपिटबाट दुई महिला घाईते, अस्पताल भर्ना

न्यूज टुडे
राजविराज, २४ जेठ ।
सप्तरीमा बुधबार छिमेकीको कुटपिटबाट २ जना महिला घाइते भएकी छिन ।

सप्तरी रुपनी गाउँपालिका ६ स्थित दुधौला बस्ने रामनारायण यादवको श्रीमती वर्ष ४५ की गितादेवी यादव र तिरहुत गाउँपालिका १ धनपुरीका शिवनरायण यादबको श्रीमति बर्ष ५० की रम्भा देबि यादव घाईते भएकी हुन । गितादेवी यादवको बाख्राले विशेश्वर महतोको तरकारी बारीमा बाली खाईदिएको बिषयलाई लिएर बादबिबाद भई झै–झगडा भएको प्रहरीले जनाएको छ । झैझगडाको क्रममा महतोको आक्रमणबाट गितादेवी यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

घाइते महिलाको राजाबिराज स्थित छिन्नामस्ता अस्पतालमा उपचार भईरहेको तथा घाइतेको अवस्था मध्यम रहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । कुटपिटमा संलग्न महतो फरार भएकोले खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसैगरी छिमेकी बद्रि नरायण यादब बिच बाँस काटेको बिषयलाई लियर झै–झगडा तथा कुटपिट हुदाँ रम्भा देबि यादब घाइते भएका छ्न । घाइते यादवको विपि अपताल भारदह सप्तरीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । महिलालाई कुटपिट गर्ने यादव फरार भएकोले खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।