• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

कंचनरुप नगरपालिकाको बैरवामा आगलागी लाखौंको क्षति

कंचनरुप नगरपालिकाको बैरवामा आगलागी लाखौंको क्षति

न्यूज टुडे
राजविराज, २४ जेठ ।
सप्तरीको कंचनरुप नगरपालिका १ बैरवामा बुधबार आगलागी भएको छ ।

स्थानीय अनिल साहको घरमा आगलागी भएको हो । राती १ बजे टिनले छाएको घरमा अचानक आगलागी हुदाँ घरमा रहेको चामल १ सय किलो, गहु १ सय किलो, साईकल १ थान र घरममा रहेको लताकपडा, काठ र घरसहित गरि तिन लाख बराबरको समान जलि पुर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । आगो कंचनरुप नगरपालिकाको दमकल, स्थानीय बासीको सहयोगमा ईलाका प्रहरी कार्यालय कंचनपुरको सहयोगमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । आगलागीबाट सर्वोस्व स्वाह भएपछि पीडित विचल्लीमा परेको स्थानीयले जनाएको छ ।

उनीहरु छिमेकीको घरमा शरण लिएर बसेको हाम्रो स्थानीय प्रतिनिधि राज कुमार साहले जानकारी दिए ।