न्यूज टुडे
राजविराज, २४ जेठ ।
समाजवादी महिला संघ सप्तरीको अध्यक्षमा रमिलादेवी साह चयन भएकी छिन ।

जनता समाजवादी पार्टी नेपाल सप्तरीद्वारा राजविराजमा बुधबार आयोजित एक भेलाले साहको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । गठित समितिको उपाध्यक्षहरुमा मन्जु खड्का, आशा झा, सचिबमा नितु पंडित, सह सचिबमा आशा कुमारी तामाङ र कोषाध्यक्षमा उषा देव यादव चयन भएका छ्न । यसैगरी समितिको सदस्यहरुमा शोभा देव, अनुराधा साह, आशा साह, ममता दास,आशादेवी साह,चन्दा कुमारी साह, सावित्री पण्डित,नविना खवास र सरस्वती राम रहेकी छिन ।

जनता समाजवादी पार्टी सप्तरीका उपाध्यक्ष हरेराम यादवको अध्यक्षता तथा जसपा नेता एवम पुर्व मन्त्री रेणु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य दिल कुमारी चौधरी, प्रदेश परिषद सदस्य उपेन्द्र साह, जिल्ला उपसचिव शम्भु कुमार यादव, राजविराज नगरपालिकाका कार्यबाहक प्रमुख इसरत परविन, हनुमान नगर कंकालिनी नगरपालिकाकि उपप्रमुख सरिता सिलपलिया यादव, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सचिव तारकेश्वर यादव, केन्द्रिय सदस्य श्याम कुमार यादव, जसपा जिल्ला कार्यकारिणी समिति सदस्य लक्ष्मण यादव, सुचिता कुमारी यादव, समाजवादी महिला संघ प्रदेश उपाध्यक्ष गिता यादव लगायतका विभिन्न पालिकाका महिलाहरुको उपस्थिति रहेको थियो ।
जसपा जिल्ला सदस्य रिता शर्मा यादवद्वारा संचालित कार्यक्रमम स्वागत नितु पण्डितले गरिन ।