• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ का वडा अध्यक्ष मियाँ ५० हजार घुससहित रंगेहात पक्राउ

अग्नीसाईर कृष्णासवरन गाउँपालिका ५ का वडा अध्यक्ष मियाँ ५० हजार घुससहित रंगेहात पक्राउ

न्यूज टुडे
राजविराज, २३ जेठ ।
सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष सवदुल मियाँ ५० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदालिदै उनलाई रंगेहात पक्राउ गरेका हुन। स्थानीय हिरावती आधारभूत विद्यालय बकधुवाको निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन उनले घुस मागेका थिए । घुस रकम लिएलगत्तै आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनलाई मंगलबार विद्यालयबाटै पक्राउ गरेको स्थानीयले जनाएको छ । अध्यक्ष मियाँलाई अख्तियर दुरुपयोग अनुसन्धान कार्यालय ईटहरीले नियन्त्रणमा राखी आबश्यक कारबाही अगाडि बढाएको जनाएको छ ।

वडा अध्यक्ष मियाँले योजना सम्पन्न भएको सिफारिस लिन जाँदा घुस माग्ने गरेको सेवाग्राहीहरुले गुनासो गर्दै आएको थियो । उनी  नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।