• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा करेन्ट लागेर एक किसानको मृत्यु

न्यूज टुडे
राजविराज, २२ जेठ ।
सप्तरीको रुपनी पालिका १ नकटीरायपुरमा आइतबार करेट लागेर एक किसानको ज्यान गएको छ ।

स्थानीय बर्ष ६० को दुर्गा यादवको करेन्ट लागेर मृत्यु भएको हो । आफ्नै खेतमा तरकारी बारीमा पानी छर्किनलाई मोटरको तार जोडने क्रम्मा करेन्ट लागी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर यादवको मृत्यु भएको भन्ने स्थानियले जानकारी गराउन साथ घटना स्थलमा प्रहरी पुगि शव परिक्षणका लागि राजविराज पठाएको जनाएको छ ।

यादवको शव परिक्षणका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।