• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

राजविराजमा बृक्षारोपन गरेर मनाईयो विश्व बाताबरण दिवस

राजविराजमा बृक्षारोपन गरेर मनाईयो विश्व बाताबरण दिवस

न्यूज टुडे
राजविराज, २२ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा राजविराजमा सोमबार बृक्षारोपन गरिएको छ । मधेश कृषि विश्वविद्यालय राजविराज र डिभिजन वन कार्यालय, सप्तरीको संयुक्त आयोजनामा बृक्षरोपन गरि विश्व वातावरण दिवस मनाएको हो ।

विश्व वातावरणको दिवसको अवसरमा आयोजित प्रभातफेरी कार्यक्रममा प्रजिअ थापा सहित सहभागी। फोटोः न्यूज टुडे

‘‘प्लाष्टिक प्रदुषण निर्मूल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौ’’ भन्ने मूल नाराका साथ भवयताका साथ विश्व बाताबरण दिवस मनाएको मधेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान ठाकुरले जानकारी दिए । उक्त कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका बि.एससी. एजि. B.Sc.Ag (hons) का विद्यार्थी, शिक्षक, कर्मचारीहरु सहित रजिष्ट्रार डा. भगवान ठाकुर नेतृत्वको टोली कृषि महाविद्यालयवाट व्यानर र विभिन्न नाराका प्लेकार्डहरु लिएर गजेन्द्र नारायण सिंह चौकमा भेला भएका थिए । डिविजन वन कार्यालयका प्रमुख डिभिजन बन अधिकृत हेमन्त साह नेतृत्वको टोली, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्की नेतृत्वको टोली, सशस्त्र प्रहरी कार्यालय प्रमुखको टोली, बरखगण राजविराजका प्रमुख सहितको टोली भेला भई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाको विशेष आतिथ्यमा प्रभात फेरि गर्दै जिल्ला प्रशासन कार्यालयको प्रा·णमा पुगेको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालयको प्रा·णमा आँप, लिची र कागतीका विरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाईएको डा. ठाकुरले जानकारी दिए ।

कार्यक्रममा प्लाष्टिक टिप्ने तथा सरसफाईका कार्यक्रम समेत गरिएको उनले जानकारी दिए  । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाज्यूले प्लाष्टिकको प्रयोगवाट मानव, जिवजन्तु, कृषि तथा समुन्द्री पर्यावरणमा परेको प्रभाव वारे विशेष मन्तव्य राखेका थिए । कार्यक्रममा मधेश कृषि विश्वविद्यालयका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरले विश्व वातावरण दिवसको ईतिहास, औचित्य, नीतिगत व्यवस्था, महत्व वारे प्रकाश गरेका थिए ।