न्यूज टुडे
राजविराज, २४ चैत।
सरकारले कोशी नामकरणको विरोधमा आन्दोलनका क्रममा मृत्यु भएका पदमबहादुर लिम्बू (लाजेहाङ)लाई सहिद घोषणा गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्बूलाई सहिद घोषणा निर्णय गरेको हो ।
सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मृतक लिम्बूलाई सहिद घोषणा गर्ने र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको बताईन । कोशी नामकरण सन्दर्भमा कोशी प्रदेशमा आन्दोलनको क्रममा पदमबहादुर लिम्बूको निधन हुन पुग्यो, त्यसपछि आन्दोलनकारीसँगको छलफलबाट छानबिन समिति बनेको थियो, मन्त्री शर्माले भनिन, त्यसपछि काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने मन्त्रीपरिषदबाट निर्णय भएको छ, कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भएका पदम लिम्बू लाजेहाङको चैत १० गते मृत्यु भएको थियो ।
मोर·को बेलबारी घर भई धरान उपमहानगरपालिका–१५ बस्दै आएका उनी लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय सह–कमाण्डर थिए । सुरक्षाकर्मीको लाठी प्रहारबाट गम्भीर घाइते लिम्बुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा चैत १० गते मृत्यु भएको थियो । लिम्बूको मृत्यु पछि १ नम्बर पुनः नामाङकन संयुक्त संघर्ष समितीले लिम्बूलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा कोशी प्रदेश खारेजीको माग गर्दै निरन्तर आन्दोलन गर्दै आएका थिए । संघर्ष समितिले आन्दोलनका कार्यक्रमलाई जारी राखेपछी हालसम्म प्रदेश नम्बर १ को स्थित तनावग्रस्त रहेका छन् ।
आन्दोलनकारी र प्रहरी विच दैनिक मुडभेट हुने गरेका छ्न । आन्दोलनलाई पहिचानवादी राजनीति दल तथा संघसंस्थाहरुले एक्यवद्धता जनाउदै सघाईरहेको संघर्ष समितिका एक घटक आदिवासी जनजाति महासंघले जनाएको छ । संघर्ष समितिमा पहिचान पक्षधर राजनीतिदल तथा दर्जनौं संघसंगठनहरु आबद्ध छन् ।