• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रदेश नं. १

पदम लिम्बूलाई सहिद घोषणा गर्न माँग गर्दै एक घण्टा चक्काजाम

पदम लिम्बूलाई सहिद घोषणा गर्न माँग गर्दै एक घण्टा चक्काजाम

न्यूज टुडे
राजविराज, ११ चैत ।
प्रहरीको लाठीचार्जबाट मृत्यु भएका पदम लिम्बू (लाजेहाङ लिम्बू)लाई सहिद घोषणा गर्नुपर्ने माग गर्दै शनिबार कोशी प्रदेशको १४ जिल्लामा १ घण्टा चक्काजाम गरेको छ ।

पदम लिम्बू ( लाजेहाङ लिम्बू) लाई सहिद घोषणा तथा कोशी प्रदेश खरेजको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरु । फोटोः न्यूज टुडे

कोशी प्रदेश खारेजी र गत ५ चैतमा विराटनगरमा भएको आन्दोलनका क्रममा घाइते भई शुक्रबार उपचारको क्रममा मृत्यु भएका लिम्बूलाई सहिद घोषणा गर्न माग गर्दै चक्का जाम गरिएको हो। प्रदेश नामंकनको विरोध गर्दै पहिचानवादीहरूले कोशी प्रदेशका विभिन्न स्थानमा शनिबार एकघण्टा चक्का जाम गरेका छ्न । १नम्बर प्रदेश पुनः नामाङकन संयुक्त संघर्ष समितिको आव्हानमा दिउँसो १ बजेदेखि १ घण्टा सडकमा बसेर आन्दोलनकारीहरूले नाराबाजी गर्दै यातायातका साधन ठप्प पारेका छ्न । प्रदेश सरकारले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधरहरू निरन्तर आन्दोलन गरिरहेका छन् ।

नम्बर प्रदेश पुनः नामाङकन संयुक्त संघर्ष समितिद्वारा आयोजित चक्काजाम सफल पार्न सडकमा धर्ना बसेका आन्दोलनकारी । फोटोः न्यूज टुडे

प्रदेशका कतिपय स्थानीय तहमा आन्दोलनकारीले तालाबन्दी र आगजनी समेत गरेका छन् । उनीहरूले कोशी नाम खारेज गरेर पहिचानको आधारमा पुनः नामाड्ढन गर्नुपर्ने माग राख्दै आएका छन्