• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अन्तरास्ट्रिय थारु महासभाको निर्णय सार्वजनिक

अन्तरास्ट्रिय थारु महासभाको निर्णय सार्वजनिक

न्यूज टुडे
राजविराज, १० चैत ।
अन्तर्राष्ट्रिय थारु महासभा २०७९ बाट पारित निर्णय सार्वजनिक गरिएको छ । अन्तर्राष्ट्रिय थारु सम्मेलन आयोजक समितीद्वारा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि महासभाले पारित गरेको निर्णय सार्वजनिक गरेको हो ।

सम्मेलनले अन्तर्राष्ट्रिय थारु महासभालाई संस्थागत गर्न विधान मस्यौदा समिती,सामाजिक साँस्कृतिक एवम् जनसम्पर्क समवन्य समिति, राजनीति परिषद समिति, थारु अध्यन अनुसन्धान केन्द्र गठन तथा थारु रेजिमेन्ट स्थापना गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जनाएको छ । विधान मस्यौदा समितिमा नबलपरासी नेपालका पुर्व मन्त्री गोविन्द चौधरी, उत्तरखण्ड भारतका गोपालसिंह राणा, दाङ नेपालका सुरेन्द्र चौधरी, उत्तर प्रदेश भारतका विनोद चौधरी, उत्तर खण्ड भारतका विजय कुमार चौधरी विहार भारतका योगेन्द्र काजी सदस्य रहेको समिति गठन गरिएको छ ।

पत्रकार सम्मेलनमा उपस्थिति नेपाल तथा भारतका थारु अगुवाहरु । फोटोः न्यूज टुडे

यसैगरी सामाजिक साँस्कृतिक एवम् जनसम्पर्क समवन्य समितिमा नेपालका श्रावण थारु, राम कुमार चौधरी, रामकृष्ण चौधरी, प्रभा चौधरी, कोशिला कुमारी चौधरी रहेका छ्न । यस्तै राजनीति परिषद सदस्यमा भारतका विजय बहादुर चौधरी, विधायक गोपाल सिंह राना, नेपालका गोविन्द चौधरी, लक्षमण थारु, श्रावण थारु ,दिपनारायण प्रसाद चौधरी छ्न । यसैगरी थारु अध्यन अनुसन्धान केन्द्रमा डा. कृष्णराज सर्वहारी, चन्द्र नारायण थारु र महेश चौधरीलाई जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा जनाएको छ ।

यसैगरी नेपाल तथा भारत सरकारको कुटनितिक पहलद्वारा थारु रेजिमेन्ट स्थापना गर्ने महासभाले निर्णय गरेको प्रथम अन्तर्राष्ट्रिय थारु सम्मेलन नेपाल संयोजक तथा महासभाका संगठक मन्त्री श्रावण थारुले जानकारी दिए । २०७९ चैत ४ गते नेपाल तथा भारतका थारुहरु सहभागी अन्तर्राष्ट्रिय थारु सम्मेलन तथा महासभा आयोजना गरेका थिए ।