न्यूज टुडे
राजविराज, ५ चैत ।
प्रदेश नम्बर १ पुनः नामाड्ढन संयुक्त संघर्ष समितिले विराटनगरमा आइतबार बृहत् शक्ति प्रदर्शन गरेको छ । कोशी प्रदेश खारेजीको माग गर्दै उनीहरुले प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारी विच झडप हुदा चार जना प्रदर्शनकारी पक्राउ परेका छ्न । निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएका छ्न । पहिचानको आधारमा प्रदेशको नामाकरण गर्न माग गर्दै विभिन्न राजनैतिक दल तथा आदिवासी जनजातिसहितका घटकहरुले संयुक्त रुपमा शक्ति प्रदर्शन गरेको आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम कुमार राईले जानकारी दिए ।
आन्दोलनकारीहरुले उग्र प्रदर्शन गर्ने थालेपछि भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसको विरोधमा पहिचानको आधारमा पुनः नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।