• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रदेश नं. १

कोशी प्रदेश नामाकरण विरुद्ध बृहत जनप्रदर्शनको तयारी, प्रशासनद्वारा निषेधाज्ञा जारी

कोशी प्रदेश नामाकरण विरुद्ध बृहत जनप्रदर्शनको तयारी, प्रशासनद्वारा निषेधाज्ञा जारी

न्यूज टुडे
राजविराज, ०४ चैत्र ।
विराटनगरमा आइतबार (चैत ५ गते) बृहत जनप्रदर्शन हुने भएको छ । प्रदेश नम्बर १ पुनः नामाड्ढन संघर्ष समितिद्वारा कोशी प्रदेशको राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने तयारी गरेको हो । पुर्व घोषित आन्दोलनका कार्यक्रम अन्तर्गत कोशी प्रदेश खारेजीको माग गर्दै राजधानी विराटनगर घेराउ तथा विरोध प्रदर्शन कार्यक्रम आयोजना गरिएको प्रदेश नम्बर १ पुनः नमाड्ढन संघर्ष समितिले जनाएको छ ।

विराटनगरको जनप्रदर्शनका लागि तयारी । फोटोः न्यूज टुडे

विभिन्न पहिचानवादी घटक तथा राजनीतिक दल आबद्ध संघर्ष समितिले शान्तिपुर्ण विरोध प्रदर्शन कार्यक्रममा सक्रिय सहभागी जनाउन अपिल गरेको छ । कोशी प्रदेश नामड्ढन गरेको फागुन १७ गतेलाई कालोदिन घोषणा गर्दै पहिचानवादी शक्तिहरु एकजुट भई संयुक्त आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएको नेफिन सुनसरीका अध्यक्ष राम कुमार राईले बताए । उनले प्रदेशको पुनः नामाड्ढन नगरेसम्म आन्दोलन जारी रहने बताए । अध्यक्ष राईले आन्दोलनमा दमन गर्ने प्रयास गरे थप सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए । यसैगरी आन्दोलनलाई लक्षित गरि मोर· प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । कोशी प्रदेश नामकरणको विरोधमा दैनिक प्रदर्शन हुन थालेपछि जिल्ला प्रशासन कार्यालय, मोरङले सूचना निकालेर भोलि बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वरा जारी सूचनामा सुरक्षा जोखिमलाई ध्यानमा राखेर निषेधाज्ञा लागू गरिएको उल्लेख छ । गएको फागुन १७ गते बसेको प्रदेश सभाको बैठकले कोशी नामकरण गरेको थियो । त्यसपछि कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन् ।

विशेषगरी प्रदेश १ को नाम किराँत, लिम्बुवान हुनुपर्ने माग गर्दै आएकाहरुले दैनिक प्रदर्शन गरिरहेका छन् । प्रदर्शन भइरहँदा शान्ति सुरक्षामा असर पर्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । सूचनामा चैत ५ गते बिहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि तोकिएको क्षेत्रमा सर्वसाधारण तथा गाडी आवत जावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, ¥याली जस्ता कार्यहरू गर्न निषेध गरिएको जनाएको छ ।