• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय तामाङ परिषदको सम्मेलन बैंककमा हुने

अन्तर्राष्ट्रिय तामाङ परिषदको सम्मेलन बैंककमा हुने

न्यूज टुडे
राजविराज, ३ चैत ।
अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौ सम्मेलन थाइल्यान्डको पर्यटकीय सहर बैंककमा हुने भएको छ ।

परिषदका पदाधिकारीहरुद्वारा काठमाडौमा शुक्रबार पत्रकार सम्मेलन आयोजना गरि आउँदो जुन ३ र ४ तारिख (जेठ २०–२१) मा सम्मेलन हुने जानकारी गराएको हो । परिषद् महासचिव मोहन गोलेले ८ मार्च २०२२ मा बसेको सचिवालय बैठकले अन्तर्राष्ट्रिय तामाङ परिषदको पाँचौ सम्मेलन जुन ३ र ४ मा बैंककमा गर्ने निर्णय गरेको बताए ।

अन्तर्राष्ट्रिय तामाङ परिषद्को आसन्न ऐतिहासिक पाँचौ सम्मेलन सन् २०२३ जुन ३ र ४ का दिन तामाङ समाजको स्थायी बसोबास भएको राष्ट्रको हैसियतले पूर्वी एशिया अन्तर्गत थाइल्यान्डको पर्यटकीय सहर बैंककमा सम्पन्न गर्ने निर्णय गरेको उनले जानकारी दिए । बैठकले परिषद्को चौथो सम्मेलनबाट निर्वाचित मौजुदा कार्यसमितिलाई अध्यक्ष के. एम. तितुङको संयोजकत्वमा पाँचौ सम्मेलन मूल आयोजक समितिमा रूपान्तरण गर्ने घोषणा पनि गरेको गोलेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

सम्मेलन भव्य र सभ्य ढंगबाट सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्यान्ड र तामाङ समाज म्यानमार (बर्मा) लाई दिइएको महासचिव गोलेले बताए । पत्रकार सम्मेलनमा परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका अध्यक्षसमेत रहनुभएका महासचिव गोले, सहअध्यक्ष कुमारसिंह घिसिङ, उपमहासचिव जगतमान लामा दोङलगायत उपस्थिति रहेका थिए ।