• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

प्रदेश नं. १

कोशी प्रदेश खारेजीको माग गर्दै फागुन २८ गते प्रदेशव्यपी आमहडताल घोषणा

कोशी प्रदेश खारेजीको माग गर्दै फागुन २८ गते प्रदेशव्यपी आमहडताल घोषणा

न्यूज टुडे
राजविराज, २६ फागुन ।
नेपाल आदिवासी जनजाति महासंघसहितका विभिन्न घटक संगठनहरुले प्रदेशको नाम कोशी खारेज गर्न माग गर्दै फागुन २८ गते आइतबार प्रदेशव्यापी आमहडताल सहितका विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा र सचिब दिवस राईले विज्ञाप्ति मार्फत संयुक्त संघर्ष समितिले घोषणा गरेको आमहडतालसहितका आन्दोलनका कार्यक्रममा सक्रिय सहभागीता जनाउदै सफल पार्न आव्हान गरेको हो । विज्ञाप्तिमा आन्दोलन संयुक्त संघर्ष समितिले प्रदेश आम हड्तालसहितको दोस्रो चरणको घोषित आन्दोलन सफल पार्न सक्रिय सहभागी जनाउन मातहतका समिती र आम जनतालाई आग्रह गरेको छ । आदिवासी जनजाति जातिय घटक संगठनहरु सबै, सम्बन्धन सदस्य संगठनहरु सबै, नेफिन प्रदेश, जिल्ला, महाननगर, उपमहानगर, नगरपालिका, गाउँपालिका र वडा समवन्य परिषदहरुलाई आन्दोलन सक्रिय सहभागिता जनाउन आव्हान गर्दछौं,महासंघ संघीय परिषद सचिवालयद्वारा जारी प्रेस विज्ञाप्तिमा भनिएको छ ।

यसैगरी जनता समाजवादी पार्टी निकट लिम्बुवान, किरात, शेर्पालुङ, मधेश, शिल्पी÷दलित राष्ट्रिय समितिले समेत आमहडतामा सक्रिय सहभागीताका लागि आग्रह गरेको छ । लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, प्रवास विशेष प्रदेश समितिका ईन्चार्ज आङकाजी शेर्पा, किरात राष्ट्रिय समितिका अध्यक्ष रमेश राई, मधेश राष्ट्रिय समितिका अध्यक्ष जयराम यादव, शिल्पी दलित बिशेष राष्ट्रिय समितिका सह इन्चार्ज दलमदर्न कामी र शेर्पालुङ राष्ट्रिय समितिका संयोजक नुर्बु शेर्पाद्वारा संयुक्त प्रेस विज्ञाप्ति जारी गर्दै आमहडतालको कार्यक्रमलाई सफल बनाउन आव्हान गरेको छ । यस अघि आ–आफ्नै निर्णयमा आन्दोलनरत लिम्बुवान, किरात संयुक्त संघर्ष समिति, पहिचान सहितको प्रदेश नम्बरको १ पुनःनामाकरण अभियान समिति र किरात राई यायोक्खाले एकीकृत आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए ।

कोशी प्रदेश खारेजी संघर्ष समितिको संयुक्त बैठकले तीन वटै समितिले संयुक्त नाम प्रदेश नं. १ पुनः नामाड्ढन संयुक्त संघर्ष समिति राख्ने समेत निर्णय गरेको छ्न । नेपाल आदिबासी जनजाती महासंघ र थप विभिन्न नयाँ घटक सदस्यहरु समेतसँग संयुक्त बैठक बसेर संयुक्त संघर्षका कार्यक्रम सार्वजनिक गरिएको किरात याक्थुङ चुम्लुङका संघीय अध्यक्ष प्रेम एक्तेनले जानकारी दिए । संयुक्त संघर्ष समितिले फागुन २६ र २७ गते प्रदेशव्यापी कालो झण्डा गाड्ने, मशाल जुलस निकाल्ने,कोणसभाहरु गर्ने, स्थानीय तह लगायतका कार्यालयहरुमा तालाबन्दी गर्ने जनाएको छ ।आन्दोलनका क्रममा संघर्ष समितिले कोशी नामका बोर्डहरु हटाउने र कोशी नामका लेटरप्याडहरु जलाउने निर्णय गरेको जनाएको छ ।

यसैगरी कोशी प्रदेश नाममा मत हाल्ने सांसदहरुलाई प्रतिकार गर्नेदेखि वडा तहसम्म संघर्ष समिति विस्तार गर्ने, पर्चा निर्माण र वितरण, भित्तेलेखन गर्ने कार्यक्रम तय गरेको समितिले जनाएको छ । संघर्षका कार्यक्रम अन्तर्गत फागुन २७ गते प्रदेशव्यापी राँके जुलुस गर्ने निर्णय गरेको समितिले फागुन २८ प्रदेशव्यापी आम हडतालगर्ने जनाएको छ ।

दोस्रो चरणको अन्तिम कायक्रमको रूपमा संघर्ष समितिले चैत ५ गते प्रदेश राजधानी विराटनगरमा विशाल जनप्रदर्शन गर्ने जनाएकोछ । यस अघि नै इलामको माङसेबुङ गाउँपालिकाका वडा नम्बर ५ र ३ को सेवा केन्द्रमा आन्दोलनकारीले तालाबन्दी गरिसकेका छन । २०७९ फागुन १७ गते मध्य रातमा छापामार शैलीमा १ नम्बर प्रदेशको नाम कोशी प्रदेश राखिएकोमा आपत्ति जनाउदै संयुक्त संघर्ष समितिले पहिचानको आधारमा किरात शेर्पालुङ प्रदेश नामङकन गर्न माग गरेको छ ।