• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

महिलालाई घरभित्रबाट समान अधिकार र अवसर दिनुपर्छः कार्यबाहक प्रमुख परविन

महिलालाई घरभित्रबाट समान अधिकार र अवसर दिनुपर्छः कार्यबाहक प्रमुख परविन

न्यूज टुडे
राजविराज, २४ फागुन ।
राजविराज नगरपालिकाकि कार्यबाहक नगरप्रमुख इसरत परविनले महिलाहरूलाई आफ्नो घर भित्रबाट समान अधिकार र अवसर दिनुपर्नेमा जोड दिएकी छिन । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजविराजमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन ।

कार्यक्रममा बोल्दै राजविराज नगरपालिकाकी कार्यबाहक नगरप्रमुख इसरत परविन । फोटोः न्यूज टुडे

राजविराज नगरपालिकाको सहयोग तथा मेची महाकाली बुहारी संयुक्त आवजसहितका १५ वटा क्रियाशिल संघसंस्थाद्वारा संयुक्त रुपमा आयोजित र्‍याली तथा विचार आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख परविनले महिलालाई अगाडि बढाउन आफ्नो घरबाट समान अधिकार र अवसर दिनुपर्ने आबश्यकता औल्याईन । छोराछोरी विच घरबाटै भेदभाव शुरु हुन्छ, उनले भनिन, छोरा भन्दा छोरीलाई गर्ने व्यवाहार फरक हुन्छ, महिला अधिकारका लागि छोरासरह छोरीलाईपनी आ–आफ्नो घरबाट समान अवसर दिनुसक्नुपर्छ । अधिकार सुनिश्चितताको लागि महिलाहरु घरबाट बाहिर निस्किनु पर्नेमा जोड दिदै कार्यक्रमका प्रमुख अतिथि कार्यबाहक मेयर परविनले महिला अधिकार प्राप्तिको अभियानमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन । उनले महिला जागरुक र आत्मानिर्भर नहुदा पछाडि परेको जिकिर गरिन । नगर प्रमुख परविनले अधिकार प्रातिका लागि महिलाहरु जागरुक हुनुपर्नेमा जोड दिईन ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बोल्दै प्रजिअ भुपेन्द्र थापा । फोटोः न्यूज टुडे

प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले महिला सशक्त नभएसम्म समृद्धि आउन नसक्ने दावी गरे । उनले समाजिक रुपान्तरणका लागि राज्यको सेवा, सुविधामा महिलाको समान पहुँच हुनुपर्ने धारणा व्यक्त गरे । महिला पुरुष दुबैको सहयोग सहकार्य र समन्वयमा समातामुलक समाजको परिकल्पना गर्न सकिन्छ, प्रजिअ थापाले भने, समाजमा समान अधिकारको अवधारणालाई अझै अगाडि बढाउन सकिएको छैन , लैगिक समानताको बलियो आधार शिक्षा भएको चर्चा गर्दै प्रजिअ थापाले महिला शिक्षित र सशक्त नभएसम्म देशमा समृद्धि र विकास ल्याउन नसकिने जिकिर गरे । महिलालाई हेर्ने दृष्टिकोण र सामाजिक विकृति अन्त्य गर्न शिक्षामा जोड दिदै प्रजिअ थापाले महिला हिंसा विरुद्व प्रशासनले शुन्य सहनशीलताको नीति लिएको स्पष्ट पारे । सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले महिलाको अधिकार रक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए । उनले महिला हिंसा विरोधी कुनैपनी घटनाका पिडकमाथी कारबाही गर्न प्रहरी सधै अग्रसर हुने प्रतिबद्धता व्यक्त गरे ।

११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजविराजमा निकालिएको ¥याली । फोटोः न्यूज टुडे

इन्सेक सप्तरी प्रतिनिधि एवम पत्रकार मनोहर कुमार पोखरेलले राज्यको विभिदकारी नितिका कारण महिला पछाडि परेको बताए । उनले अधिकार प्राप्तिका लागि महिलाहरु एकजुट हुनुपर्नेमा जोड दिए । पोखरेलले अधिकार सुनिश्चितताको लागि महिलाहरु थप सशक्त रुपले अगाडि बढ्नुपर्ने आबश्यकता रहेको बताए । लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार भन्ने मुल नाराको साथ आयोजित कार्यक्रममा परिकल्पना नेपालका अध्यक्ष सुधा देव, मडवारी महिला मन्च सप्तरीका अध्यक्ष सारदा काबरा, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशका उपाध्यक्ष प्रिया सिंह थारु, मिलाफ सप्तरीका अध्यक्ष रमिला साह, नागरिक समाज सप्तरीका पुर्व अध्यक्ष थानसिंह भन्साली, महिला सुरक्षा दवाव सप्तरीका पुर्व अध्यक्ष मालती चौधरी, पुर्व शिक्षक मन्जु श्रेष्ठ, पत्रकार महासंघ सप्तरीका सदस्य दिनानाथ यादव, उर्जा साह लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे । मेची महाकाली संयुक्त बुहारी आवाज सप्तरीका सचिव पुनम पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत कानुनी सल्लाहकार अधिबक्ता मनु खनालले गरिन ।  यस अघि शिव मन्दिरबाट विभिन्न नारासहितको र्‍याली निकालेर नगरको विभिन्न भाग परिक्रमा गरिएको थियो । र्‍याली विभिन्न संघसंस्थामा आवद्ध महिलाहरु, प्रहरी, संचारकर्मी, महिला अधिकारकर्मीहरुको सहभागिता रहेको थियो ।