न्यूज टुडे
राजविराज, ०६ फागुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा ७ महिना भित्र करोडौंको भन्सार छलेर ल्याएको सामानसहित १६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले शुक्रबार एक सुचना जारी गर्दै १ करोड १४ लाख ६४ हजार ६९ रुपैयाको भन्सार छलीको सामानसहित १६ जनालाई नियन्त्रणमा लिएको जनाएको हो ।
२०७८ श्रावणदेखि हालसम्म भन्सार चोरी निकासी तथा पैठारीका अबैध करोडौं मूल्यको सामानहरुसहित संलग्न ब्यक्तिलाई राजविराज भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय सप्तरीद्वारा जारी सुचनामा उल्लेख छ ।
सात महिनाको अबधिमा १ करोड १४ लाख ६४ हजार ६९ रुपैयाको सामान बरामद् गरी संलग्न मानिससहित आबश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयको जिम्मा लगाएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेद्वारा जारी सुचना जनाएको छ ।