न्यूज टुडे
राजविराज, २३ माघ ।
सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा उपाध्यक्ष सुचिता कुमारी यादवले चौथोपटक तालाबन्दी गरेकी छिन् । गाउँपालिकामा पटक–पटक सुचना माग गर्दा उल्टो होच्याउने गरेको भन्दै उनले तालाबन्दी गरेकी हुन् ।
गाउँपालिका उपाध्यक्ष यादवले आफ्नो अधिकार खोसेर गाउँसभा गरेकाले सोही विषयमा सुचना माग्दा कर्मचारीहरुले होच्याउने गरेकाले तालाबन्दी गर्नुपरेको बताईन् । आर्थिक बर्ष २०७७÷०७८ को गाउँसभा गर्दा गाउँपालिका अध्यक्ष सतिस सिंहले स्थानीय सरकार संचालन ऐना प्रतिकूल हुने गरी गाउँसभा गरे, उपाध्यक्ष यादवले भनिन्, राजस्व बाँडफाँड समिति, योजना अनुगमन समिति जस्ता आधा दर्जन समितिको संयोजक उपाध्यक्ष रहने कानुनी ब्यबस्था छ उनले थपिन्, आफ्नो किर्ते हस्ताक्षर गरेको आशंका लागेर सुचना माग्दा सुचना दिनुभन्दा उल्टै कर्मचारीहरुले होच्याउने गर्छ ।
जिल्ला समवन्य समितिका सभापति प्रभाकर यादवले सुचना उपलब्ध गराउने भनी प्रतिबद्धता गरेपछि यसअघि लगाएको ताला खोलिएको उनले बताईन् । जिल्ला समवन्य समितिका सभापतिको रोबरमा भएको सहमति कार्यान्वयन नगरेकोले चौथोपटक तालाबन्दी गर्न बाध्य भएको उनले जानकारी दिईन् ।
उपाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृत केशव झा र राजु झाको कार्यकक्षमा ताला लगाएकी छिन् ।