न्यूज टुडे
राजविराज, २३ माघ ।
जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य कल्पना चौधरी नेकपा एमालेमा प्रबेश गरेकी छिन् । सप्तरी कंचनरुप नगरपालिका ९ स्थित रुपनगरमा आइतबार आयोजित एक कार्यक्रमका बीच चौधरी जसपा परित्याग गरी एमालेमा प्रवेश गरेकी हुन् ।
नेपाल कम्युनिस्ट पार्टी एमाले कंचनरुप नगर समिति संयोजक बच्चुलाल चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य सुमन प्याकुरेलले माला र अबिर लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका थिए ।

चौधरीको नेतृत्वमा कंचनरुप नगरपालिका वडा नम्बर ७ का जसपाबाट निर्वाचित वडा सदस्य निर्मला चौधरी, जसपा सप्तकोशी नगरपालिकाका जसपाबाट उप–प्रमुखका प्रत्यासी उम्मेदवार रम्भा सरदार, सप्तकोशी नगर समिति सदस्यहरु बाबुराम चौधरी, नन्दलाल चौधरीलगायतका ४ दर्जन भन्दा बढी नेताकार्यकर्ता जसपा परित्याग गरी एमालेमा प्रबेश गरेको जनाएको छ ।
नव प्रबेशीहरुलाई पोलिटब्यूरो सदस्य प्याकुरेल, केन्द्रिय सदस्य एवम् सप्तरी जिल्ला ईन्चार्ज दिवाकर देवकोटा, केन्द्रिय सदस्य एवम् जिल्ला सह ईन्जार्ज राज कुमार लेखी, केन्द्रिय सदस्य एवम् सह–ईन्चार्ज सरिता गिरीलगायतले माला अबिर लगाएर पार्टी प्रबेश गराए ।
पार्टी प्रवेश कार्यक्रममा कंचनरुप नगरपालिकाका प्रमुख वसन्त मिश्रा, सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम कुमार गौतम, पार्टीका प्रदेश सदस्य बोधराज सुवेदीलगायतका जिल्ला स्तरीय नेताकार्यकर्ताहरु समेत उपस्थिति रहेको थियो ।