न्यूज टुडे
विरेन्द्र बजार, २३ माघ ।
नेपाल आदिबासी जनजाति महासंघ मधेश प्रदेश समवन्य परिषद्को प्रथम अधिबेशनको सम्पूर्ण तयारी पूरा भएको छ । समवन्य परिषद्का अध्यक्ष मनोज सिंह दनुवारले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै अधिबेशनको तयारीबारे जानकारी गराएको हो ।
अध्यक्ष दनुवारद्वारा जारी विज्ञप्तिमा मधेश प्रदेशको राजधानी मसला कटेज जनकपुरमा प्रतिनिधित्वमूलक सहभागितामा अधिबेशन आयोजना गरिने जनाएको छ । कोरोना महामारीका कारण स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी प्रतिनिधिमूलक सहभागीतामा अधिबेशन गर्ने तयारी गरिएको छ, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, सामाजिक दूरी कायम गरी अधिबेशनको सम्पूर्ण तयारी पूरा भईसकेको छ ।
अध्यक्ष दनुवारले अधिबेशनमा मुख्यमन्त्री लालबाबू राउतलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिएपनि समय नदिएको भन्दै आक्रोश पोखे । आदिवासी जनजाति समुदायलाई मुख्यमन्त्रीले पत्याएन, अध्यक्ष दनुवारले भने, वहाँले नभ्याउने बताएपछि मधेश प्रदेश सरकारका प्रबक्ता एवम् अर्थ मन्त्री शैलेन्द्र प्रसाद साह प्रमुख अतिथि हुने निश्चित भएको छ ।
मुख्यमन्त्री राउतले अर्थमन्त्री ज्युलाई प्रमुख अतिथि तोकी पठाएकाले वहाको प्रमुख आतिथ्यमा अधिबेशन सम्पन्न गरिने उनले जानकारी दिए । अधिबेशनमा मधेश प्रदेशस्तरीय जातीय संघका अध्यक्षसहित ३ जना, ८ वटा जिल्ला समवन्य परिषद्बाट अध्यक्षसहित ३ जना, सम्बन्धनप्राप्त संगठनबाट २ जना गरी ८० जना प्रतिनिधित्वमूलक सहभागिता रहने अध्यक्ष दनुवारले बताए ।
मधेश प्रदेशमा थारु, तामाङ, मगर, धानुक, दनुवार, नेवार, राई, भुजेललगायतका १२ भन्दा बढी जातीय संगठन र यूवा, महिला, पत्रकार गरी आधा दर्जन सम्बन्धन प्राप्त संगठनहरुका प्रतिनिधिहरुको उपस्तिथि रहेन जनाएको छ ।