न्यूज टुडे
राजविराज, २३ माघ ।
सप्तरीको राजविराज नगरपालिका मेयर शम्भुप्रसाद यादवले एक समारोहबीच राजविराज पोलिटेक्निक इन्सिटच्यूट भवनको शिलान्यास गरेको छ । नगरपालिकाले व्यवस्थित पठनपाठन गराउने उद्देश्यले भवनको निर्माण गर्न थालेको हो ।

राजविराज नगरपालिका वार्ड १ राजदेवी स्कुल पछाडि २ करोड ५३ लाखमा उक्त भवन निर्माण सुरु गरिएको कलेजका प्रमुख इन्जिनियर ओशो कर्णले जानकारी दिए उनका अनुसार यो ठेक्का शिव गाडी बिल्दरले लिएको हो ।
भवन शिलान्यास गर्दै नगरप्रमुख यादवले यस क्षेत्रका बालबालिकाले न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा पढ्न पाउन भनेर राजविराज नगरपालिकाले बहुप्राविधिक शिक्षालय सञ्चालनमा ल्याएको बताए ।