• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मधेश प्रदेश

जनमत पार्टीद्वारा अनिश्चितकालिन राजमार्ग बन्द स्थगित

जनमत पार्टीद्वारा अनिश्चितकालिन राजमार्ग बन्द स्थगित

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राजमार्ग केन्द्रित आन्दोलन स्थगित गरेको छ । जनमत पार्टीका केन्द्रिय महासचिव चन्दन सिंहले शुक्रबार एक प्रेस–विज्ञप्ति जारी गर्दै राजमार्ग बन्दको कार्यक्रम स्थगित गरेको जनाएको हो ।

मौसम प्रतिकूल भएको भन्दै राजमार्ग केन्द्रित कार्यक्रमको सट्टामा स्थानीय तह केन्द्रित कार्यक्रम गर्न जनमत पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा मौसमले साथ दिएमा किसानहरुसँग अन्तरक्रिया गर्न समेत आग्रह गरेको छ ।

शन्तिपूर्ण आन्दोलनमार्फत माग सम्बोधन नभए फागुन १ गते देखि आन्दोलनको कार्यक्रम ल्याउने जनमत पार्टीद्वारा जारी प्रेस विज्ञप्तिमा चेतावनी समेत दिएको छ ।

जनमत पार्टीको निर्णयः
१. २०७८ माघ २ गतेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट माघ २० गतेसम्मको लागि किसान आन्दोलनका विभिन्न कार्यक्रमहरू तय भएकोमा सो आन्दोलनका कार्यक्रमहरूलाई भव्यताका साथ सम्पन्न गरेकोमा हामी हृदयदेखि सम्पूर्ण नेता, कार्यकर्ता, स्वयंसेवक तथा आमजनतालाई धन्यवाद दिन चाहन्छौं ।

२. २०७८ माघ २० गते रातिबाट नेपालमा आँधीबेरी, असिना र वर्षासहित मौसम अतिप्रतिकूल हुनआएको र यस्तो मौसम करीब एक सप्ताह लम्बिने पूर्वानुमान रहेकाले लोकमार्ग केन्द्रित कार्यक्रमको सट्टामा मौसमले साथ दिएअनुसार गाउँपालिका÷नगरपालिका केन्द्रित अन्तरक्रियामूलक कार्यक्रम गर्नहुन अनुरोध छ । त्यसअन्तर्गत किसानहरूसँग अन्तरक्रिया तथा छलफल गर्ने र अरू पार्टी तथा संघसंगठनबाट समर्थन लिने खालका कार्यक्रमहरू गर्नुहुन अनुरोध छ ।

३. मौसममा सुधार भएपछि २०७८ फागुन १ गतेदेखि आन्दोलनको कार्यतालिका अर्को बैठकबाट निर्णय गरिनेछ ।

४. किसान आन्दोलनमा समर्थन तथा ऐक्यबद्धता जनाई सहयोग गर्नुहुने सबै संघ–संगठन, स्थानीय तह तथा बिभिन्न पार्टीका नेताहरूमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।