न्यूज टुडे
राजविराज, २१ माघ ।
सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित विरेन्द्र बजारमा शुक्रबार एक पहिचान नखुलेको ब्यक्तिको मृत्यु भएको छ । एकसातादेखि सो क्षेत्रमा मागेर खाने अन्दाजी बर्ष ४५ को एक पुरुषको मृत्यु भएको हो ।
मानसिक रोगी जस्तो देखिने ब्यक्तिको शुक्रबार मृत्यु भएको प्रहरीले जनाएका छन् । उनको शव परीक्षणका लागि राजविराज स्थित गजेन्द्र्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको सप्तरीका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
एक हप्तादेखि विरेन्द्र बजार क्षेत्रमा मागि खाने ब्यक्तिको मृत्यु भएको खबर स्थानीयले प्रहरीलाई जानकारी दिए, डिएसपी काफ्लेले भने, उनको शव परीक्षणका लागि अस्पताल पठाईएको छ, मृत्यू ठण्डीले वा अन्य केही रोगले पनि हुनसक्छ पोष्टमार्टम रिपोर्ट आएपछि थाह हुन्छ ।
मृतकको हालसम्म पहिचान नखुलेको उनले जानकारी दिए । मृतक एक सातादेखि विरेन्द्र बजारको सडक किनारमा थाला परेर बसेको स्थानीयले जनाएका छन् । मधेशी मूलको जस्तो देखिने मानसिक रोगी पुरुषको शुक्रबार विहान मृत्यु भएको स्थानीयले जानकारी गराएका छन् ।