• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
कोरोनामा पनि भिडभाड

सप्तरीमा चाडबाडको समय पारेर भिडभाड गर्ने क्रम बढेर गएको छ । श्री कृष्ण जन्माष्टमीको अवसर पारेर तिलाठी कोईलाडी गाउँपालिकामा मटकीफोर कार्यक्रम आयोजना गरियो जसमा सर्वसाधारणको घुइँचो लागेको थियो ।

यस प्रकारका चाडपर्वलाई उल्लासका साथ मनाउने हरेकको चाहना रहन्छ । तर कोरोना संक्रमण बढेका कारणले यसरी भिडभाड गरेर पर्व मनाउँदा जोखिम पनि बढ्ने गर्दछ । स्थानीय प्रशासनले कोरोनाको जोखिम अहिले पनि कायम रहेको भन्दै भिडभाड नगर्नकालागि आग्रह समेत गर्दै आएको छ ।

जिल्लामा विद्यालय सञ्चालन गर्नुपर्ने तयारी भईरहँदा प्रमुख जिल्ला अधिकारीले अहिले पनि जोखिम रहेको बताउँदै विद्यालय खोल्न उपयुक्त नरहने बताएका छन् । विद्यालयमा विद्यार्थीको भिडभाड रहने भएका कारण अहिले नै भौतिक उपस्थितिका साथ पठनपाठन गर्नु उपयुक्त छैन ।

कोरोनाका कारण कतिपयले ज्यानै गुमाईसकेका छन् । जोखिम अहिले पनि छँदैछ । यस्तो बेलामा खासगरी चाडपर्व मनाउँदा भिडभाड नगर्ने, आफ्नै परिवारमा सिमित रहेर पर्व मनाउने गरियो भने यसले पनि जोखिम घटाउनमा सहयोग पुग्दछ । चाडबाडको आनन्द भनेको परिवारमा सबै स्वस्थ्य रहँदा मात्र अनुभूति हुने कुरा हो । पहिले आफू र आफन्तको स्वास्थ्य रक्षामा जोड दिनु आवश्यक छ । त्यसपछि मात्र चाडबाडको आनन्द लिनेतिर लाग्नु बुद्धिमानी हो ।

अहिले चाडबाड आउने क्रम जारी नै छ । दशैं, तिहार, छठ लगायतका ठूला पर्व आउने क्रममा छन् । यस्तो बेलामा पहिला स्वास्थ्यका बारेमा सचेतना अपनाउनु नै बुद्धिमानी हुनेछ । त्यसैले संक्रमणको जोखिम बढाउने भिडभाडबाट अलग रही पर्व मनाऔं । यही उत्तम पनि हो ।