• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अन्यौलता कहिलेसम्म ?

केपी शर्मा ओलीको सरकार पछि अहिले नेपाली काँग्रेसका सभापनि शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । ओलीले संसद बिघटनको सिफारिस गरेपछि त्यसका बिरुद्ध विभिन्न राजनीतिक दलहरु मोर्चा नै बनाएर ओली सरकारका बिरुद्ध लागेपछि अहिले त्यही मोर्चाका अधिकांश दलको सहभागितामा देउवाको नेतृत्वमा नयाँ सरकार निर्माण हुन लागेको हो ।

यद्यपि तीन साता बितिसक्दा पनि सरकारले पूर्णता पाउन सकिरहेको छैन । नेपाली काँग्रेर र नेकपा माओवादीबाट केही सांसद सम्मिलित सानो आकारको सरकार निर्माण गरिएको भए पनि अहिले अधिकांश मन्त्रालय मन्त्रीविहीन अवस्थामा छन् । ती मन्त्रालयहरु अहिले पनि प्रधानमन्त्री मातहत नै रहेका छन् । सत्ताका समर्थक दलहरु कहिले सरकारमा जानकालागि मन्त्रीको टुंगो गर्ने हुन् तब मात्र सरकारले पूर्णता पाउने बताइँदै छ ।

मुलुकमा अनेक प्रकारका समस्या विद्यमान रहेका कारण तिनको समाधानमा पनि सरकारले तिब्रताका साथ अघि बढ्नुपर्ने समय हो यो । तर मन्त्रिपरिषद्ले नै अहिलेसम्म पूर्णता नपाएका कारण अपेक्षित रुपमा कामको गति अघि बढ्न नसकिरहेको राजनीतिक विश्लेषकहरुले नै बताउन थालेका छन् । सरकार गठनमा जति बिलम्ब हुन्छ तबसम्म यो अन्यौलतालाई चिरेर अघि बढ्न पनि बाधा रहने निश्चित छ ।

विशेषतः वर्तमान सरकार कुनै एक दलको बहुमतबाट बनेको नभई बिभिन्न दलहरुको समर्थनमा निर्माण भएको हो । सरकारलाई काम गर्नकालागि पनि ती दलहरुका वीचको समन्वय र सहकार्य आवश्यक रहन्छ । मूलतः सरकारले लिएको अठोट पूरा गर्नकालागि पनि पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिनै पर्ने हुन्छ ।