Top_Header_Right_Add

संक्रमणको तिब्रता

संक्रमणको तिब्रता

भारतमा कोरोनाको दोस्रो लहर फैलिन थालेपछि त्यसको असर नेपालमा पनि देखिन थालेको छ । विशेष गरी सुदुर पश्चिममा कोरोना तिब्र रुपमा फैलिन थालेको छ ।

गत सोमबार २९ जनाको परीक्षण गर्दा त्यहाँ १५ जनामा संक्रमण पुष्टी भएको छ । रोजगारी लगायत अन्य कामले नेपालीहरु भारत जाने क्रम जारी छ । यसैगरी रोटी बेटीको सम्बन्धका कारण दुबै देशका जनता एक अर्को मुलुकमा आवतजावत गर्ने क्रम चलिनै रहने भएका कारण अहिलेको सम्बेदनशील अवस्थामा विशेष सतर्कता अपनाउन जरुरी भएको हो ।

संक्रमण बढेको अवस्थामा नाकामा कडाई गर्ने, पारीपट्टीबाट आएकाहरुको स्वास्थ्य परीक्षण गर्ने तथा संक्रमणको आशंका भएकाहरुलाई आईसोलेशनमा राख्ने व्यवस्था नमिलाउने हो भने फेरि पनि कोरोना तिब्र रुपमा नफैलिएला भन्न सकिन्न । यति बेला स्वास्थ्य मापदण्डको पालना गर्ने गराउनेतिर पनि बढी जोड दिनु पर्ने आवश्यकता भएका कारणले यसकालागि सरोकारवाला सबैको ध्यानाकर्षण जरुरी भएको छ । कोरोना मानिस मानिसका वीचको सम्पर्कका कारणले फैलिने गर्दछ भन्ने पुष्टी भईसकेको छ । यसकालागि सामाजिक दूरी कायम गराउने विषयमा पनि ध्यान दिनु पर्ने भएको छ ।

अहिले विद्यालयहरु सञ्चालनमा आएका छन् । यसैगरी सार्वजनिक यातायातका साधनहरु पनि निर्बाध चलिरहेका छन् । कोचमकोच गरेर ती सबारी साधनमा यात्रु चढाउँदा संक्रमणको जोखिम उच्च हुने भएका कारण यस्ता कुरामा हेलचेक््रयाइँ गर्न कदापि मिल्दैन । विशेष गरी सार्बजनिक यातायातका साधनमा मास्क नलगाई यात्रु नचढाउने, सेनिटाईजरको व्यवस्था तथा नियमित सरसफाईमा ध्यान दिईयो भने संक्रमण घटाउन सहयोग पुग्नेछ । बजारमा अहिले पनि विना मास्ककै सर्वसाधारणको आवागमन बढ्दो छ ।

यसैगरी भेला तथा सभा सम्मेलनको आयोजना हुन छाडेको छैन । कतिपय जिल्लामा स्थानीय प्रशासनले सभा सम्मेलन नगर्न आग्रह त गरेको छ । तर, यसको पालना पनि भएको छ वा छैन भन्नाकालागि पनि अनुगमनको आवश्यकतालाई नकार्न मिल्दैन । संक्रमण रोक्नकालागि सबैले आआफ्नो स्थानबाट पहलकदमी लिन सकियो भने मात्र यसमा न्यूनीकरण गर्न सकिने छ । भयावह रुपमा बढ्ने सम्भावनाका कारण समयमै कोरोना संक्रमण रोक्नकालागि सबैले लागि पर्न सक्दा मात्र सार्थक उपलब्धि हासिल हुनेछ । संक्रमण जसरी तिब्र रुपमा फैलिँदो छ, उसै गरी साबधानीमा पनि ध्यान दिनु उत्तम हुनेछ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer