• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

विहिवार विहान ५ वजेदेखि लागु हुने गरी राजविराजमा निषेधाज्ञा जारी

विहिवार विहान ५ वजेदेखि लागु हुने गरी राजविराजमा निषेधाज्ञा जारी

राजविराज, ७ साउन । जिल्ला सुरक्षा समितिको वैठकले राजविराजमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

सप्तरीका सिडिओ शंकरहरी आचार्यको संयोजकत्वमा वुधवार वसेको वैठकले राजविराज नगरपालिकामा विहिवार विहान ५ वजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मका लागि नगरपालिकामा यस्तो आदेश जारी गरिएको सप्तरीका एसपी कृष्ण प्रसाईले जानकारी दिए ।

राजविराजमा ट्राभल हिस्ट्रि नै नभएका ब्यक्तिमा समेत कोरोना संक्रमण देखिन थालेपछि समुदायमा कोरोना नफैलियोस भन्ने उदेश्यले यस्तो निर्णय गरिएको एसपी प्रसाईको भनाई छ ।

यो पनि…

सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि, जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको वैठक वस्दै

कोरोनाका कारण ब्यापारीको मृत्यु र राजविराजमा लकडाउनको अन्तर्य, यसरी फैलिदैछ संक्रमण