• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि, जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको वैठक वस्दै

सप्तरीमा कोरोना समुदायमा पुगेको पुष्टि, जिल्ला प्रशासन कार्यालयमा सरोकारवालाको वैठक वस्दै

राजविराज– ७ साउन । सप्तरी सदरमुकाम राजविराजमा कोरोना संक्रमण समुदायमा पुगेको पुष्टि भएको छ। वुधवार राजविराजका १३ सहित थप १४ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि कोरोना समुदायमा पुगेको पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार वुधवार राजविराज ३ का ६३ र ३२ वर्षिय पुरुष, राजविारज ७ का २० वर्षिय पुरुष, राजविराज ६ का ४० वर्षिय पुरुष, राजविराज ३ का २३ वर्षिय पुरुष, राजविराज ६ का ३६ वर्षिय महिला, राजविराज २ का ३१ वर्षिय पुरुष, राजविराज ६ का ३२ वर्षिय महिला, राजविराज ६ का ४३ वर्षिय पुरुष, राजविराज ७ का ४०, १७, १५ र १५ वर्षिय महिला तथा अग्निसाईर कृष्णसवरण गाउँपालिका १ का एक पुरुषलाई संक्रमण देखिएको छ ।

संक्रमित मध्ये एक जना गजेन्द्रनारायण सिंह अस्पतालको इमरजेन्सि वार्ड र एक जना अस्पताल भित्रकै पोषण पुनर्स्थापना केन्द्रमा कार्यरत कर्मचारी रहेको जनाईएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वुधवारदेखि कोरोना समुदाय स्तरमा पुगेको पुष्टि गरे । समुदायमा स्तरमा पुगेको र अस्पतालकै दुई जना कर्मचारीमा कोरोनाको संक्रमण देखिएपछि थप कदमका विषयमा निर्णय लिन वैठक वस्ने तयारी भईरहेको यादवले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय सप्तरीमा संवन्धित निकायका अधिकारीहरुको वैठक वस्ने तयारी भईरहेको छ ।

यो पनि…

कोरोनाका कारण ब्यापारीको मृत्यु र राजविराजमा लकडाउनको अन्तर्य, यसरी फैलिदैछ संक्रमण